बैंकको ब्याजको विरोधमा देशभर आन्दोलन

घोराही : व्यवसायीहरूले बैंकहरूमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । बैंकहरूले आफ्ना उद्योग व्यवसायमा तालाबन्दी गरे बैंकहरूमा तालाबन्दी गर्ने उद्योगी व्यवसायीले चेतावनी दिएका हुन् । बैंकले वृद्धि गरेको  ब्याजदरको विरोधमा लुम्बिनी प्रदेशभरका उद्योग वाणिज्य संघले दाङको घोराहीमा विरोध प्रदर्शन गरेका हुन् ।  बैंकको ब्या...

देउसामा जुस तथा जाम बनाउने तालिम सुरु

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ७ मा जुस तथा जाम बनाउने तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजना तथा वडा कार्यालयको समन्वयमा सात दिने उक्त तालिम सुरु भएको हो । वडा अध्यक्ष भोजराज कार्कीको प्रमुख आतिथ्यतामा सुरु भएको तालिममा ३५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । सुन्तल...

सकुम्बासी भन्छन् : पहिले बस भने, अहिले हट भन्छन्

तुलसीपुर: दाङको शान्तिनगर गाउँपालिका-३ भलानेटीका पूर्णबहादुर परियारलाई २०६० सालमा गाउँको भेलाबाट वनको जग्गामा बस्न दिने सहमति भयो । उहाँको नाममा कहिँकतै जग्गा नभएपछि गाउँको भेलाले स्थानीय सिर्जना सामुदायिक वनमा बस्न दिने सहमति भएको हो । सहमति पछि परियार त्यहाँ घर बनाएर बस्नुभयाे । अहिलेसम्म पनि उहाँको नाममा अन्यत्र ...

राहदानी विभागमा पुगे उपप्रधान एवं गृहमन्त्री

काठमाडौं : अनुगमनकाे लागि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुग्नुभएकाे छ । सोमबार प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र लिनको लागि हुने सास्ती हटाउने निर्णय गरेको थियो । बुधबार गृहमन्त्री लामिछाने राहदानी प्राप्त गर्न आमनागरिकले भोगिरहेको सास्तीबारे जानकारी लिन ...

नेलेका आगलागी पीडितलाई गाउँपालिकाको रु.५०हजार राहत

सोलुखुम्बु : नेले घटनाका पीडित परिवारलाई थुलुङ दुधकोशी  गाउँपालिकाले राहत प्रदान गर्ने भएको छ । आगलागीबाट घर पुर्ण क्षती हुने प्रति परिवारलाई रु.५० हजार राहत प्रदान गर्ने अध्यक्ष स्तरीय निर्णय गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार आंसिक क्षति हुने प्रति परिवारलाई  रु.२५ हजार दिइने छ ।...

भू–उपयोग क्षेत्र वर्गीकरण गर्ने पालिका थुलुङ दुधकोशी पहिलो

सोलुखुम्बु : जिल्लाको थुलुङ गाउँपालिकाभित्र भू–उपयोग क्षेत्र वर्गीकरणको काम सकेको छ । पालिका स्तरीय समितिले वडातहबाट प्राप्त सुझाव तथा कार्यविधिको अधिनमा रहि निर्माण गरेको योजनालाई कार्यपालिका बैठकबाट अनुमोदन गरिएको हो । आज सम्पन्न कार्यपालिका बैठकले उक्त योजना अनुमोदन गर्दै ७ दिने सुझाव संकलनको लागि सार्वजनिक सूचना...

बालिकाकाे शब बुझेपछि धनगढीको अवस्था सामान्य

धनगढीः धनगढीमा बिहीबार ग्रेडरले किचेर मृत्यु भएकी बालिका चेतना साउँदको शव आफन्तले बुझेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार शुक्रबार (आज) भर्खरै शव बुझेका हुन् । चेतनाका आफन्त र प्रहरी प्रशासनको सहमतिपछि शव बुझेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार ग्रेडर चालकमाथि मुद्दा दर्त...

धनगढीकाे स्थिति तनावग्रस्त

धनगढीः  विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि धनगढीकाे स्थिति तनावग्रस्त बनेको छ। प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म ३८ सेल अश्रुग्याँस प्रहार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश ज...

ओखलढुंगामा रामहरि खतिवडा विजयी

ओखलढुंगा : जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी हुनुभएको छ । वाम-लोकतान्त्रीक गठबन्धनका उम्मेदवार खतिवडा निवर्तमान सांसद यज्ञराज सुनुवारलाई ६८१८ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । खतिवडाले ३३५५६ र सुनुवारले २६७३८ मत ल्याउनुभएको छ । २०७४ को निर्वाचनमा खतिवडालाई ५२५३ मतले पराजि...

जिल्ला प्रशासन सोलुखुम्बुको सेवा मंसिर १ गते देखि स्थगित

सोलुखुम्बु –  मंसिर १ गतेदेखि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा प्रवाह बन्द हुनेभएको छ । मंसिर ४ को निर्वाचनमा कर्मचारी खटिनेभएकाले १ र २ गते अतिआवश्यक बाहेकका सबै सेवा बन्द गर्ने जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रशासनले मंगलबार एक सुचना जारी गर्दै अधिकांश कर्मचारीहरु निर्वाचन तयारी र मतदान ...