काठमाडौं : अनुगमनकाे लागि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुग्नुभएकाे छ । सोमबार प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र लिनको लागि हुने सास्ती हटाउने निर्णय गरेको थियो ।
बुधबार गृहमन्त्री लामिछाने राहदानी प्राप्त गर्न आमनागरिकले भोगिरहेको सास्तीबारे जानकारी लिन त्रिपुरेश्वरस्थित विभाग पुग्नुभएकाे हाे । अनलाइनमार्फत सेवा दिने भनिए पनि सेवाग्राहीले लाइनको सास्ती अझै भोग्न बाध्य छन् ।