सोलुखुम्बुः सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सोलुखुम्बु र सोलु सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचार सेवा सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।सशस्त्र प्रहरीका वर्तमान तथा पूर्व कर्मचारीहरू र तिनका आश्रित परिवारका सदस्यहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट सुविधा उपलब्ध गराउने उक्त समझदारीपत्रमा बुधबार हस्ताक्षर गरिएको हो ।
सम्झौता अनुसार सोलु सामुदायिक अस्पतालले सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत कार्यरत सशस्त्र प्रहरीहरू, सोलुखुम्बु जिल्लाभित्र कार्यरत,स्थायी वतन भएका सशस्त्र प्रहरीहरू, पूर्व सशस्त्र प्रहरीहरू तथा तिनका आश्रित परिवारहरूलाई विभिन्न स्वास्थ्य सेवा शुल्कमा छुट दिने सम्झौता पत्रमा उल्लेख गरिएको छ । उक्त सम्झौता पत्रमा सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द प्रसाद पोखरेल र सोलु सामुदायिक अस्पतालका प्रमुख डा. राजेन्द्र बस्नेतले हस्ताक्षर गर्नुभएको छ । रोहबरमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे र कोशी प्रदेश बाहिनिपति डिआइजी कुमार न्यौपानेले हस्ताक्षर गर्नु भएको छ ।