थप १२ जनामा कोरोना पुष्टि, ९३ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमित पुष्टि भएका छन् । देशभर गरिएको १ हजार ४७३ पीसीआर र ८६८ जनाको एन्टीजेन परीक्षणका क्रममा १२ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा १६ जना संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा कसैको पनि मृत्...

१२ देखि १७ वर्षसम्मका बालबालिकालाई शुक्रबारदेखि बुस्टर डोज

काठमाडौं : १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिइने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबारदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिइने भएको हो । उक्त उमेर समूहका बालबालिकालाई सरकारले पहिलो तथा दोस्रो डोज मोडर्ना तथा फाइ...

थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं :नेपालमा थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१२० जनाको पीसीआर र १ हजार २५६ जनाको एन्टीजेन परीक्षणका क्रममा २८ जनामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा ९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा हाल निको हुनेको संख्या ९ लाख ६७ हजार १५४ जना पुगे...

थप ३६३७ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित ...

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई राज्यकोषको २ अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमालेमा आवद्ध राष्ट्रिय युवा संघ, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख ...

अस्पतालमा आईसीयू र भेन्टिलेटर प्रयोग गर्ने बिरामीको सङ्ख्या ५ गुणा कम

काठमाडौ : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले कोरोनाको तेस्रो लहर ओमिक्रोनबाट सङ्क्रमण ह्वात्तै बढे पनि गम्भीर अवस्थाका बिरामी कम रहेको बताउनु भयो । उहाँले कोरोना संक्रमितको अवस्था गम्भीर नभए पनि कोरोनालाई हेलचेक्रयाइँ नगरी स्वास्थ्य मापदण्ड पालना गर्नमा जोड दिनु भयो। उहाँले हाल...

थप १२ हजार ८ जना संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा तीन...

ओमिक्रोनपछि अर्को भेरियन्टको जोखिम

काठमाडौं: इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ ।सोमवार पत्रकारस्रंग कुरा गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले ओमिक्रोन भाइरस जतिधेरै फैलिन्छ उति नै नयाँ...

१६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुग्यो

काठमाडौं : कोरोना भाइरसविरुद्धको किशोरकिशोरीलाई लगाइने १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाले सोमबार १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको जानकारी दिनुभयो । यस्तै भोलि २३ लाख ४० हजार डोज खोप नेपाल आइपुग्न...

ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछःडब्लूएचओ

काठमाडौं : कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन्। ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लगेको डब्लूएचओको युरोप क्षेत्रीय निर्देशक डा. ह्यान्स क्लूगले बताए । मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रति...