‘नागरिकले के चाहेका छन् ?’, उत्तर खोज्न माओवादीले जागरण अभियान चलाउने

नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरेर बेग्लाबेग्लै अभियान लगाउने जानकारी दिनुभयो ।

देशलाई गम्भीर सङ्कटबाट बचाउन एउटा मदन भण्डारी लोकमार्गमा आधारित र अर्को हुलाकी राजमार्ग केन्द्रित भएर ६ महिने अभियान चलाउने माओवादीले जनाएको छ । नागरिकले के चाहेका छन्, के खोजेका छन्, पार्टीले के विषयमा सुधार्नुपर्छ लगायतका विषयमा जनमत बुझ्ने पनि माओवादीले जनाएको छ ।

बैठकमा अध्यक्ष प्रचण्डले पुनः एकपटक नागरिकको बीचमा गएर पार्टी रूपान्तरणको प्रक्रियामा पार्टी लाग्ने बताउनुभएको सापकोटाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार