माओवादी केन्द्र थुलुङ दुधकोशीको पुर्ण बैठक तथा प्रशिक्षण सम्पन्न

सोलुखुम्बु ; नेकपा (माओवादी केन्द्र) थुलुङ दुधकोशी गाउँपालिका समितिको पुर्ण बैठक तथा प्रशिक्षण सम्पन्न भएको छ । पालिका समितिका अध्यक्ष राम संघर्ष किराँतीको अध्यक्षता तथा केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज हेम कुमार राई (शुरवीर)को प्रमुख आतिथ्यतामा सोमबार उक्त बैठक तथा प्रशिक्षण सम्पन्न भएको हो ।

माओवादी केन्द्र सोलुखुम्बुका प्रचारप्रशार समितिका संयोजक भोजराज कार्कीका अनुसार बैठकले मंसिर ३० भित्र पार्टी सदस्यता नविकरण तथा वितरण सक्ने निर्णय गरेको छ । बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेमकुमार राई (शुरवीर), केन्द्रीय सदस्य गोम्बु शर्पा (कर्ज्याङ), प्रदेश समितिका सह–सचिव सागर किराँती, प्रदेश समितिका सचिवालय सदस्य तथा सोलुखुम्बुका सह–इन्चार्ज असिम राई, जिल्ला संयोजक नाम्गेल शेर्पा लगायतले प्रशिक्षणात्मक भनाइ राख्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार