सोलुखुम्बु : सोलुखुम्बुमा पछिल्लो समय बसाईसराई बढदै गएको गएको छ । २०७८ सालको जनगणना अनुसार सोलुखुम्बु जिल्लाभित्रका स्थानीय तहमा ७ हजार ९ सय ३६ जनाले बसाइसरेका गरेका छन् । सोलुखुम्बुमा ५ हजार १ सय ८६ जना अन्तर जिल्ला बसाइँ सरको तथ्यांक रहेको छ । जसमा खुम्बु पासाङ ल्हमु गाउँपालिकाबाट अन्र्तपालिका १ हजार ६ सय ३१ प्रिवार गएका छन भने अर्को जिल्ला ७ सय ४८ परिवार गएका छन । महाकुलुङ गाउँपालिकाबाट १ सय ७९ परिवार अन्र्तपालिका र १५२ परिवार अर्को जिल्ला, सोताङ गाउँपालिकाबाट ६ सय ९८ परिवार अन्य पालिका जादा २ सय ८४ परिवार अन्य जिल्ला गएका छन ।
माप्य दुधकोशी गाउँपालिकामा ७ सय ५४ परिवार अन्य पालिका जादा १८३ परिवार अन्य जिल्ला गएका छन । यता थुलुङ दुधकोशी गाउँपालिकाबाट ८ सय ९६ परिवार अन्य पालिका, ९ सय ३६ परिवार अन्य जिल्ला गएका छन । सोलु दुधकुण्ड नगरपालिकाबाट ३ हजार २ सय ५४ परिवार अन्य पालिका जादा १ हजार ६ सय ८३ जना अन्य जिल्ला गएका छन ।
लिखुपिके गाउँपालिकाबाट ८० परिवार अन्य पालिका जादा ३ सय ५५ परिवार अन्य जिल्ला गएका छन । यता नेचासल्यान गाउँपालिकामा ३ सय १४ परिवार अन्र्तपालिका बसाईसराई गर्दा ८ सय ४४ परिवारले जिल्ला छाडेका छन । । जिल्लामा बसाइँसराइको कारण भौतिक सुख, सुविधा खोज्दै जानेकै मुख्य कारण रहेको छ । खानेपानी अभाव, सिँचाइ अभाव र जंगली जनावर आतंकका कारणले पनि बसाइ सर्ने क्रम रहेको देखिएको छ । वि.स २०६८ सालको जनगणनामा सोलुखुम्बुको कुल जनसंख्या १ लाख ५ हजार ८ सय ८६ रहेकोमा २०७८ सालको जनगणनामा घटेर १ लाख ४ हजार ८ सय ८१ रहेको तथ्यांक विभागले सार्वजनिक गरेको छ । जुन प्रतिशतको हिसाबले १.०५५ र संख्याको हिसाबले १ हजार १ सय १८ ले कमी हो ।
सरकारले हिमाली क्षेत्रका मानिसहरूको बसाइँसराइ कम गरी त्यहीँ अड्याइराख्ने उद्देश्यले १० वटा हिमाली सहर बनाउने भएको छ । सहरीकरणमार्फत स्थानीय मौलिकतालाई जोगाउँदै त्यहाँको स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउने विषय हिमाली सहरको गुरुयोजनामा समेटिएको छ ।
सरकारले लुक्ला (सोलुखुम्बु), स्याफ्रुँबेसी (रसुवा), जोमसोम (मुस्ताङ), सिमकोट (हुम्ला), मार्तडी (बाजुरा), फुङलिङ (ताप्लेजुङ), किमाथांका (संखुवासभा), चामे (मनाङ), दुनै (डोल्पा) र कोल्टी (बाजुरा) मा गरी १० नयाँ हिमाली सहर निर्माणका लागि मास्टर–प्लान तयार गरेको हो। सरकारले २०७४ सालमै हिमाली क्षेत्रका पर्यटकीय स्थल लुक्ला, जोमसोम, सिमकोट, मार्तडी र स्याफ्रुँबेसीलाई नयाँ सहर विकास गर्ने घोषणा गरेको थियो। यी क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धन गर्ने र त्यहाँका मानिसहरूलाई त्यहीँ आकर्षित गर्ने सरकारको योजना थियो। आर्थिक वर्ष २०७९÷८० मा पाँच वटा थप गरी कुल दस हिमाली सहर विकास गर्ने योजना सरकारले अघि सारेको हो।
सोलुखुम्बुको ग्रामीण क्षेत्रमा बसाईसराइ बढ्दै,१४ हजार बढि परिवार बसाई सरे
