सागादावाको अवसरमा नेपाल शेर्पा महिला संघद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  सोनाम याङजी शेर्पा

काठमाडौं, सागादावाको पावन अवसरमा नेपाल शेर्पा महिला संघद्वारा आयोजित रक्तदान कार्यक्रम बौद्ध परिसरमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा ७० जना भन्दा बढी स्वेच्छिक रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

“रक्तदान जीवनदान” भन्ने मूल नारासहित कार्यक्रमको आयोजना गरिएको हो। रक्तदान कार्यक्रम बिहान ८ बजेबाट सुरु गरिएको थियो, जसमा युवादेखि वृद्धसम्मको उल्लेखनीय सहभागिता भएका थिए।

संघकी अध्यक्ष थाक्ची शेर्पाले सागादावालाई केवल पर्वका रूपमा होइन, सामाजिक उत्तरदायित्वको प्रतीकका रूपमा मनाउनु र रक्तदान कार्यक्रममार्फत हामीले मानव सेवा र सहयोगको सन्देश दिन खोजेकाे बताउनु भयो ।

उहाँले कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण रक्तदाताहरू, स्वयंसेवकहरू, स्वास्थ्यकर्मीहरू र स्थानीय समुदायलाई धन्यवाद दिँदै आगामी दिनहरूमा अझ प्रभावकारी सामाजिक कार्यहरू गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

नेपाल शेर्पा महिला संघले सामाजिक उत्तरदायित्वका विविध कार्यक्रमहरू गर्दै आएको छ, जसले शेर्पा समुदायको महिलाको सक्रियता र योगदानलाई अझ सशक्त बनाउँदै लगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार