सोलुखुम्बुः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोलुदुधकुण्ड नगरकपालिका समिती अध्यक्षमा पुनः शम्बु राई निर्वाचित हुनुभएको छ । विहिबार सम्पन्न नगरपालिका समितिको दोस्रो नगरसम्मेलनले शम्बु राई सहित ३९ सदस्यीय नगरपालिका समिति निर्वाचित गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा धनराज तामाङ, राजकुमार गुरुङ र शारदा माया तामाङ रहनुभएको माओवादी केन्द्र सोलुखुम्बुका प्रचार प्रशार विभाग प्रमुख भोजराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरसमितीको सचिवमा दिनेश मगर, सहसचिवमा किरण राई, मंगल वि.क. र कोषाध्यक्षमा नेमि तामाङ निर्वाचित हुनुभएको छ ।
माओवादी केन्द्र सोलुदुधकुण्ड नगरपालिका समितिका अध्यक्ष शम्बु राईको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेम कुमार राई (शुरवीर)को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमलाई प्रदेश सचिवालय सदस्य तथा जिल्ला सह-इन्चार्ज असिम राई, प्रदेश सदस्य तथा जिल्ला इन्चार्ज नाम्गेल शेर्पा लगायतले संबोधन गर्नुभएको थियो ।