बालिकाकाे शब बुझेपछि धनगढीको अवस्था सामान्य

धनगढीः धनगढीमा बिहीबार ग्रेडरले किचेर मृत्यु भएकी बालिका चेतना साउँदको शव आफन्तले बुझेका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार शुक्रबार (आज) भर्खरै शव बुझेका हुन् ।

चेतनाका आफन्त र प्रहरी प्रशासनको सहमतिपछि शव बुझेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार ग्रेडर चालकमाथि मुद्दा दर्ता गर्ने सहमति भएको छ । चालकमाथि सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको र ४ दिन म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाउने सहमति गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यसअघि आज बिहानैदेखि चेतनाको लागि न्याय माग्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका थिए । धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत चेतनाको ग्रेडरले किचेर मृत्यु भएपछि प्रशासनले निषेधाज्ञा समेत लगाएको थियो।  विद्यार्थीले त्यसको अवज्ञा गर्दै शुक्रबार दिनभर आन्दोलन गरेका हुन्। विद्यार्थीको आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले ३७ सेल अश्रुग्यास प्रहार गरेको थियो। यस्तै आन्दोलित २१ विद्यार्थीलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताउँनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार