बैंकको ब्याजको विरोधमा देशभर आन्दोलन

घोराही : व्यवसायीहरूले बैंकहरूमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । बैंकहरूले आफ्ना उद्योग व्यवसायमा तालाबन्दी गरे बैंकहरूमा तालाबन्दी गर्ने उद्योगी व्यवसायीले चेतावनी दिएका हुन् ।

बैंकले वृद्धि गरेको  ब्याजदरको विरोधमा लुम्बिनी प्रदेशभरका उद्योग वाणिज्य संघले दाङको घोराहीमा विरोध प्रदर्शन गरेका हुन् ।  बैंकको ब्याजको विरोधमा अहिले देशभर आन्दोलन भइरहेको छ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको संयोजनमा बुधवार  विरोध कार्यक्रम आयोजना गरेका हुन् ।

विरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय दाङमार्फत राष्ट्र बैंक, नेपाल सरकार, अर्थ मन्त्रालयमा तत्काल माग सम्बोधन  गर्न भन्दै ज्ञापनपत्र पेश गरेको लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार