थुलुङदुधकोशी गाउँपालीकाको प्रवक्तामा भोजराज कार्की चयन

सोलुखुम्बु :  थुलुङदुधकोशी गाउँपालीकाको प्रवक्तामा भोजराज कार्की चयन हुनुभएको छ । सोमबार बसेको गाउँपालीकाको बैठकले थुलुङदुधकोशी गाउँपालिकाका वडा नं ७ का वडाध्यक्ष समेत रहनु भएका कार्कीलाई गाउँपालीकाको प्रवक्तामा तोकिएको हो । गाउँपालिकाले गरेका निर्णय, कार्य सम्पादन तथा पालिकाबाट भएका गतिविधिका बारेमा जानकारी गराउनको...

खेतीको समय सकिएपछि जति नै मल ल्याए पनि अर्थ छैन : सांसद भट्टराई

काठमाडौं : नेकपा एमालेका सांसद विशाल भट्टराईले खेतीको समय गुज्रिसकेपछि जति नै मल ल्याए पनि त्यसको अर्थ नरहने बताउनु भएको छ । उहाँले सोमबार प्रतिनिधिसभामा स्थगन प्रस्ताव पेस गर्दै यस्तो बताउनु भएको हो । सांसद भट्टराईले भन्नु भयो, हाम्रो देशको मुख्य बाली धान, वर्षमा ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । १०÷१२ लाख मेट्रि...

खेलकुद मन्त्री गहतराज रुस प्रस्थान

काठमाडौं : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गर्नु भएको छ । मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस प्रस्थान गर्नु भएको हो । रुस र युक्रेनबीच लडाइँ जारी रहँदा युक्रेनको पक्षमा विज्ञप्ति नै जारी गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको अनुमतिमा नै मन्त...

१२ देखि १७ वर्षसम्मका बालबालिकालाई शुक्रबारदेखि बुस्टर डोज

काठमाडौं : १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिइने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबारदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिइने भएको हो । उक्त उमेर समूहका बालबालिकालाई सरकारले पहिलो तथा दोस्रो डोज मोडर्ना तथा फाइ...

यसवर्ष सरदर भन्दा बढी वर्षा हुने पूर्वानुमान

काठमाडौं:  यस वर्ष प्रदेश १ को हिमाली भूभाग बाहेकका स्थान र काठमाडौंबाट पश्चिमका क्षेत्रमा अत्याधिक वर्षा हुने मौसमविद्हरुले आँकलन गरेका छन् । मौसमविद्हरुले यसवर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जल तथा मौसम विज्ञान विभागले यसअघि नै यस वर्ष सरदर भन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गर...

फोहोर व्यवस्थापनमा समस्या अझै कायमै

काठमाडौं : बन्चरेडाडामा फोहोर फाल्न सहमती भएपनि स्थानीयको अवरोध पछि फोहोर व्यवस्थापनमा समस्या देखिएको छ । काठमाडौं सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, ककनी गाउँपालिका र धुनीवेसी नगरपालिकाबीच फोहोर फाल्न विषयमा सहमति भएको थियो । काठमाडौँको फोहोर उठ्ने झिनो आशा पलाएको भएपछि स्थानीयको अवर...

राजसंस्था सबैको अभिभावन बन्न नसक्दा समाप्त भयोः अध्यक्ष थापा

काठमाडौं :राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था आफ्नै कारण समाप्त भएको बताउनु भएको छ । विहीबार बुटवालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले राजसंस्था सबैको अभिभावन बन्न नसक्दा समाप्त भएको बताउँनु भएको हो । उहाँले राजसंस्थालाई मर्यादित र सबैको साझा बन्नको लागि लिखित रुपमा पत्र लेखेको बताउनु भयो । कुनै सुनुव...

नेपालसँग आयोजक मलेसिया २५ रनले पराजित

काठमाडौं : आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले पराजित गरेको छ । मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो । नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन जोडिन्। यस्तै आश्मा पुलामी मगरले २६ रन बनाइ...

७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्ने भट्टराईको प्रस्ताव

काठमाडौं:  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्ने प्रस्ताव गर्नु भएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले ७० वर्ष नाघेपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नु भयो । ...

बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं : बुधबार काठमाडौंबाट फोहोर फाल्न बञ्चरेडाँडामा लानलाई दुई सय बढी प्रहरी परिचालन भएका छन्। स्थानीयले फोहोर फाल्न रोक लगाएपछि प्रहरीले बल प्रयोग गरेको छ । अहिले अवस्था तनावपूर्ण भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनु भएको छ । उहाँले स्थानीयले प्रहरीमाथि ढुंगामु...