७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्ने भट्टराईको प्रस्ताव

काठमाडौं:  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्ने प्रस्ताव गर्नु भएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले ७० वर्ष नाघेपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर्नु भयो ।

५८ वर्षमा कर्मचारीले अवकाश पाउने प्रणाली बनाएको उल्लेख गर्दै भट्टराईले ७० वर्षपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था राख्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो , हामीलाई र्‍याल, सिगान काढ्ने प्रधानमन्त्री होइन, काम गर्ने प्रधानमन्त्री चाहिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार