पेप्सीविरुद्ध दुई अर्ब कर छलीको मुद्दा

काठमाडौं । राजश्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली कारोबारमार्फत राजश्व छलेको अभियोगमा बहुराष्ट्रिय कम्पनी वरुण वेभरेजविरुद्ध करिब दुई अर्ब रूपैयाँ जरिवाना माग दाबी गर्दै मुद्दा दायर गरेको छ । वरुणले हल्का पेय पदार्थ पेप्सी उत्पादन गर्दै आएको छ । विभागको अनुसन्धानले २०७०–७१ देखि अहिलेसम्म कम्पन...

अब लिम्पियाधुरा र कालापानीमा सशस्त्रका पोस्ट

काठमाडौं । सरकारले सीमा क्षेत्रको अपराध नियन्त्रण तथा सुरक्षालाई ध्यानमा राखेर भारत र चीनसँगका सीमा क्षेत्रमा १ सय १४ वटा सशस्त्र प्रहरीका बोर्डर अब्जर्भर पोस्ट बीओपी थप गर्ने भएको छ । सशस्त्र प्रहरीले थप बीओपीका लागि सरकारसमक्ष प्रस्ताव लगेकोमा सरकारले सो प्रस्ताव स्वीकृत गर्दै दुवै छिमेकी देशतर्फको सीमामा गरी १ सय...

जापान र कतारमा १० अर्बको फर्सी र लौकाको बजार

काठमाडौं । आईटीसी ट्रेडम्यापका अनुसार सन् २०१८ मा विश्वभर १ अर्ब ४१ करोड अमेरिकी डलर (रू. १६१ अर्ब ८० करोड) बराबरको फर्सी र लौका आयात भएको छ । लौका र फर्सीका प्रमुख आयातकर्ता मुलुकहरू अमेरिका, फ्रान्स, जर्मनी, बेलायत, जापान लगायत छन् । एशियाली देशहरूमा फर्सी र लौकाका प्रमुख आयातकर्तामा कतार पनि देखिन्छ । स्पेन र इटा...

राजपा नेकपा सहमतिको नेकपाभित्रै विरोध

काठमाडाै । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा )बीच भएको दुई बुँदे सहमतिको नेकपाभित्रै विरोध भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपाको जारी स्थायी कमिटी बैठकमा बिहीबार बोल्दै नेताहरूले सहमतिको विरोध गरेका हुन् । बुधबार नेकपा र राजपा नेपालबीच राष्ट्रियस...

एकै रातमा तीन महिलालाई जबर्जस्ती करणी

रुकुम । एकै रातमा तीन महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुकुमपश्चिम प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । आठबीस नगरपालिका ८ डाँफेका २२ वर्षीय केशव आरसी पक्राउ परेका हुन् । पति नभएकी महिलाको घरमा गएर जबर्जस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय (रुकुम)का डीएसपी सुमित खड्काले बताए । उनका अनुसार केशवले मंसिर २७ गते रा...

सहकारीलाई मर्जरमा लाने तयारी

काठमाण्डौ – काठमाडौँ महानगरपालिका (कामनपा)मा रहेका एक हजार ८४८ वटा सहकारीलाई आगामी पाँच वर्षमा सात सयको सङ्ख्यामा सीमित गर्ने अभियान सुरु भएको छ । सहकारी संस्थाको बेथिति रोक्न र पारदर्शी बनाउन महानगरपालिकाले सहकारीलाई एकअर्कामा गाभ्न (मर्जर) सुरु गरिएको हो । कामनपा अनुसार हालसम्म चारवटा सहकारी आपसमा गाभिएका छन् । सा...

विमानस्थलमा १९० टनभन्दा बढीका जहाजलाई अनुमति

काठमाण्डौ –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १९० टनभन्दा बढीका जहाजले पनि उडान गर्न पाउने भएका छन् । विमानस्थलले यसअघि लगाएको लोडको सीमा हटाएको छ । यससँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले निर्धारण गरेको फोर–ई–सम्मका विमानले पूर्ण लोडमा उडान अवतरण गर्न पाउने भएका छन् । तर विमानस्थलमा एकै समयमा ...

भारतको एकपक्षीय निर्णय अमान्य : प्रधानमन्त्री

काठमाण्डौ - प्रधानमन्त्री केपी ओलीले नेपाल–भारत सीमाको विषय तथ्य, प्रमाण र सहमतिका आधारमा तय हुनुपर्ने बताएका छन्। उनले भारतबाट एकपक्षीय रूपमा गरिने निर्णय नेपाल सरकारलाई मान्य नहुने जबाफ सर्वोच्च अदालतलाई दिएका हुन्। सीमा सुरक्षाका विषयमा दायर रिटमा सर्वोच्चलाई जबाफ पठाउँदै प्रधानमन्त्री ओलीले भारतबाट नोभेम्बर २ मा...

सङ्घीय–संसद्को पाँचौँ अधिवेशन भोलीदेखि, यस्ता छन् कार्यसूची

काठमाण्डौ  - सङ्घीय–संसद्को पाँचौँ अधिवेशन शुक्रबारदेखि शुरू हुँदै छ । अधिवेशनसँगै भावी सभामुख चयन र सदनको कामकारबाहीका विषयमा सचिवालयले तयारी थालेको छ । पहिलो बैठकको कार्यसूचीबारे सचिवालय गृहकार्यमा रहे पनि सभामुख चयनबारे राजनीतिक वृत्तमा औपचारिक रूपमा विषय प्रवेश पाएको छैन । शीर्ष तहमा अनौपचारिक रूपमा भने केही परा...

सीमाको विषयमा भारतले पठाएन जवाफ

काठमाडौं : कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सीमा मिचिएको विषयमा भारतले तत्काल परराष्ट्र सचिव स्तरमा वार्ता नगर्ने भएको छ। नेतृत्व आन्तरिक राजनीतिक मामिलामा केन्द्रित हुनुपरेको, विदेश मन्त्रालयको संयन्त्र परिवर्तन भएको र भारतीय राजदूतको कार्यकाल पनि सकिन लागेको कारण देखाउँदै भारतले सचिवस्तरीय वार्ता अघि नबढ्ने...