आईपीएलमा पोलार्ड चम्किदा मुम्बईको रोमान्चक जित

एजेन्सी : ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले रोमान्चक जित निकालेको छ । दिल्लीमा गएराति भएको रोमान्चक खेलमा मुम्बईले शीर्ष स्थानको चेन्नाई सुपर किङ्सलाई ४ विकेटले पराजित गरेको हो । काएरन पोलार्डले विष्फोटक ब्याटिङ गर्दै ३४ बलमा अविजित ८७ रन बनाएपछि मुम्बई ४ विकेटले विजयी...

आइपिएलमा मुम्बईलाई हराउँदै दिल्लीको तेस्रो जीत

काठमाडौं:इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्याटपिल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा चेन्नईमा साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टाएको हो । दिल्लीको जितमा शिखर ध...

क्रिकेट–नेपालको लगातार दोस्रो जित

काठमाडौं : मलेशियालाई ९ विकेट हराउँदै घरेलु टोली नेपालले त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले पाहुना टोली मलेशियालाई हराउँदा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखको सतकीय साझेदारीमा नेपालले लगातार दोस्रो खेलमा पनि जित निकाल्न सफल भएको ह...

जारी आइपिएल क्रिकेटमा राजस्थानको पहिलो जित

काठमाडौं : आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएको हो । जितका लागि दिल्लीले दिएको १४८ रनको लक्ष्य राजस्थानले ७ विकेट गुमाएर २ बल बाँकी रहँदै पूरा ग¥यो । राजस्थानका डेभिड मिलरले ६२ र क्रिस मोरिसले ३६ रन बनाए । दिल्लीका अभेस खानले ...

‘नेचासल्यान गोल्डकप’ को तयारी पुरा, मुख्यमन्त्री राईले उद्घाटन गर्ने

सोलुखुम्बु : तस्रो ‘नेचासल्यान गोल्डकप’को तयारी पुरा भएको आयोजकले जनाएको छ । नयाँ वर्षको दिन अर्थात बुधबार देखि हुने गोल्डकपको तयारी पुरा भएको नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो । नेचासल्यान–५ लाहुरेचौरमा हुने कार्यक्रम उद्घाटनका लागि प्रदेश १ का मुख्य मन्त्री शेरधन राई नेचा आउनुहुने छ...

आगामी चैत २८ गते दशरथ रंगशालामा कोभिड कप फूटबल प्रतियोगिता हुँदै

काठमाडौं : चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने भएको छ । जिल्ला सहकारी संघ काठमाडौं र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मुल नाराका साथ चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप– २०२१’ को आयोजना हुने भएको हो । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सो क...

देउसामा सम्पन्न भलिबल खेलको उपाधी जालिम बिहानीलाई

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका-७ देउसामा सम्पन्न साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी जालिम बिहानी समाज भुलभुलेले हात पारेको छ । साविक मुक्ली-६ लाई हराउदै भुलभुलेले उपाधी हात पारेको रेफ्री चुडामणी केसीले जानकारी दिनुभयो । कोकोमेन्दो तामाङ समाज साउनेको आयोजनामा तीन दिन देखि जारी प्रतियोगितामा साविक...

थ्री नेसन्स कपमा नेपालको दोस्रो गोल

काठमाडौं : काठमाडौं दशरथ रंगशालामा जारी खेलमा नेपालले २–० को अग्रता बनाएको छ । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा अहिले नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ । १८ औं मिनेटमा सञ्जोग राईको गोलमा अग्रता लिएको नेपालका लागि विशाल राईले ४२ औं मिनेटमा गोल गरे । त्रिदेशीय फुटबलको लिग चरणका दुबै खेलमा गोल गर...

थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलमा नेपाल र बंगलादेश आज भिड्ने

काठमाडौं : थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको भेला साँझ साँढे ५ बजे सुरु हुनेछ । बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल फाइनल पुग्ने लक्ष्यमा हुनेछ । जसका लागि नेपाल नतिजा आफ्नो पक्षमा पार्न चाहन्छ । प्रतिय...

एकदिवसीय क्रिकेटमा भारत विजयी

काठमाडौं:  इङ्ल्याण्डविरुद्ध तीन एक दिवसीय क्रिकेट शृंखलाको पहिलो खेलमा भारत विजयी भएको छ । गएराति भएको खेलमा भारतले इङ्ल्याण्डलाई ६६ रनले पराजित गरेको छ । पुणेमा भएको खेलमा भारतले इङ्ल्याण्डलाई ३१८ रनको लक्ष्य दिएको थियो । विशाल लक्ष्य पछ्याएको इङ्ल्याण्ड ४२ ओभर एक बलमा २५१ रनमा समेटियो । भारतका लागि सबैभन्दा धे...