देउसामा सम्पन्न भलिबल खेलको उपाधी जालिम बिहानीलाई

  नेपालन्युजसाइट

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका-७ देउसामा सम्पन्न साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी जालिम बिहानी समाज भुलभुलेले हात पारेको छ । साविक मुक्ली-६ लाई हराउदै भुलभुलेले उपाधी हात पारेको रेफ्री चुडामणी केसीले जानकारी दिनुभयो ।

कोकोमेन्दो तामाङ समाज साउनेको आयोजनामा तीन दिन देखि जारी प्रतियोगितामा साविक देउसा-८ बुढिडाँडाँ तृतीय र घुर्मिसे एकता क्लब नेले सान्त्वना भएको आयोजक संस्थाका अध्यक्ष लिलामान तामाङले जानकारी दिनुभयो ।

विजेता समूहले नगद  क्रमशः रु.१५ हजार, रु.१० हजार, रु.५ हजार र रु.३ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बिजयी समूहलाई पुरस्कर प्रदान गर्नुभएको छ ।                                                        यस्तै प्रतियोगीतामा उत्कृष्ट खेलााडी दिपक किराँती, उत्क्रकृष्ट लिफ्टर  किशोर राई र उत्ककृष्ट डिफेन्डर  प्रभुराम राई बनेका छन् ।                                           

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार