‘नेचासल्यान गोल्डकप’ को तयारी पुरा, मुख्यमन्त्री राईले उद्घाटन गर्ने

सोलुखुम्बु : तस्रो ‘नेचासल्यान गोल्डकप’को तयारी पुरा भएको आयोजकले जनाएको छ । नयाँ वर्षको दिन अर्थात बुधबार देखि हुने गोल्डकपको तयारी पुरा भएको नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।

नेचासल्यान–५ लाहुरेचौरमा हुने कार्यक्रम उद्घाटनका लागि प्रदेश १ का मुख्य मन्त्री शेरधन राई नेचा आउनुहुने छ । मुख्य मन्त्री राई आज बिहान ११ बजे कार्यक्रमस्थल आईपुग्ने कार्यतालिका छ ।

विगतको वर्षमा उत्साहजनक सहभागीता रहेको भएपनि यस वर्ष केही कम खेलाडीले सहभागीता जनाउने अध्यक्ष बास्तोलाको भनाई छ । ३५ समूहले समेत सहभागीता जनाएको उक्त प्रतियोगीतामा यस वर्ष भने १५ समूहले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

खुल्ला फुटबल प्रतियोगीता भएका कारण पनि खेलाडीको सहभागीतामा कमी हुन सक्ने उहाँको अनुमान छ । स्थानीय सरकार गठन भएपछि अन्य स्थानीय तहमा पुरानै ढाँचामा अध्यक्ष रनिङशिल्ड प्रतियोगीता आयोजना हुने भएपनि नेचासल्यानमा गोल्डकप नाम दिएर संघीयताको अभ्यास गरिएको अध्यक्ष बास्तोलाको भनाई छ ।

प्रतियोगीतामा प्रथम हुने समूहले नगद १ लाख ५० हजार ५ सय ५० रुपैँया, द्धितीय हुने समूहले १ लाख १ हजार १ सय १ रुपैँया र सेमिफाईनलिस्ट २ टिमले ३० ÷३० हजार रुपैँया  सहितको पुरस्कार प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार