एकदिवसीय क्रिकेटमा भारत विजयी

काठमाडौं:  इङ्ल्याण्डविरुद्ध तीन एक दिवसीय क्रिकेट शृंखलाको पहिलो खेलमा भारत विजयी भएको छ । गएराति भएको खेलमा भारतले इङ्ल्याण्डलाई ६६ रनले पराजित गरेको छ ।

पुणेमा भएको खेलमा भारतले इङ्ल्याण्डलाई ३१८ रनको लक्ष्य दिएको थियो । विशाल लक्ष्य पछ्याएको इङ्ल्याण्ड ४२ ओभर एक बलमा २५१ रनमा समेटियो ।

भारतका लागि सबैभन्दा धेरै रन ओपनर शिखर धवनले ९८ तथा केएल राहुलले अविजित ६२ रन बनाएका थिए । यस्तै क्रुणाल पाण्डेयले अविजित ५८ तथा कप्तान विराट कोहलीले ५६ रन बनाएका थिए । तीन खेलको शृंखलामा भारतले १–० को अग्रता लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार