काठमाडौं : घरको काम, छोराछोरी स्याहार्नेदेखि लिएर अनेकौं काममा घरमै अल्झिन बाध्य छन् बुहारी । यसै क्रममा शिक्षा क्षेत्रमा प्रदेश–३ सरकारले नयाँ योजना अघि सारेको छ । सामाजिक विकास मन्त्रालयले उच्च शिक्षा पढ्न छोरी/बुहारीलाई छात्रवृत्ति दिने नयाँ योजना अघि सारेको हो । योजना अघि सारिएसँगै अब छोरी/बुहारीलाई केही राहत मि...
पत्रपत्रिकाबाट
किताब प्रकाशन गरेलगत्तै सरकारलाई बुझाउनुपर्ने
काठमाडौं : प्रदेश नम्बर ३ सरकारले प्रकाशकले किताब प्रकाशन गरेलगत्तै बुझाउनुपर्ने नियम लागू गरेको छ। प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो। ऐनका परिच्छेद ८ को दफा ५१ मा किताबको अभिलेखीकरण गराउनुपर्ने प्रावधान राखेको प्रेस रजिस्ट्रार रेवती सापकोटाले जानकारी दिनुभयो । उहाले भन्नुभयो ...
भ्रमण वर्ष सुरु, पर्यटकलाई यस्ता प्याकेज
काठमाडौं : २० लाख पर्यटक भित्र्याउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अङ्गका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रङ्गशालाबाट बुधबार नै यसको औपचारिक उद्घाटन हुँदैछ । करिब एक वर्ष लामो निरन्तर प्रयास र एक सयभन्दा बढी स्वदेशी तथा वि...
प्रधानमन्त्री रोजगार कार्यक्रम: रकम निकासा यसै महिना
काठमाडौ : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारी दिनका लागि पुस महिनाभित्रै स्थानीय तहमा बजेट पठाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षमा ७५३ वटा स्थानीय तहबाट आएका रोजगार सिर्जना र बेरोजगारको संख्याको मागका आधारमा स्थानीय तहमा बजेट पठाउने तयार...
नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडान
काठमाडौं : नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर...
‘सीमा विवादले सम्बन्धमै असर पर्दैन’
काठमाडौं : नेपाल र भारतबीच उत्पन्न सीमा विवादले दुई देशको सम्बन्धमा असर नपारेको परराष्ट्र मन्त्रालयले दाबी गरेको छ । नेपालको कालापानी, लिम्पियाधुरा क्षेत्र, सुस्तालगायत विभिन्न क्षेत्रको सीमा भारतले मिचेको विषयलाई लिएर दुई देशबीचको सम्बन्ध चिसिएको एक थरी विश्लेषण आइरहँदा परराष्ट्र मन्त्रालयले त्यो सत्य नभएको प्रस्ट्याए...
कैदीलाई जागिर : कारागारमा हुनेछ यस्ता सुविधा
काठमाडौं : कैदीबन्दीले जेलभित्रै जागिर खान पाउने भएका छन् । जेलभित्रै कारखाना खोलेर कैदीबन्दीलाई जागिर दिन सकिने कानुन सरकारले संसद्मा दर्ता गरेको छ । रागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कैदीहरूले जेलभित्रै जागिर खान पाउने उल्लेख छ । यसबापत उनीहरूले पारिश्रमिकका साथै कैद सजायमा समेत छुट पाउनेछ...
चिनियाँ नागरिक पक्राउ प्रकरण : देश निकाला गर्ने तयारी
काठमाडौं : नेपाल बसेर चीनमा इन्टरनेटमार्फत अवैध गतिविधि गरिरहेको आशंकामा पक्राउ परेका चिनियाँ नागरिकलाई गृह मन्त्रालयले विशेष निर्णय गरेर भिसा दुरुपयोगको कसुरमा देश निकाला गर्ने तयारी गरेको छ । प्रहरीले उनीहरूमाथि लगाएको अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान सकेर अध्यागमन विभागमार्फत पक्राउ परेका सबैलाई भिसा दुरु...
वर्षमा १४ हजारले बढ्यो सुन
काठमाडौँ : नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमा करिब १३ हजार आठ सय रुपियाँले मूल्य वृद्धि भएको छ । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय रुपियाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्ष २०७५ पुस १४ गते सुनको मूल्य प्रतितोला ५९ हजार ...
पदीय प्रभावमा सहमतिमै यौन सम्बन्ध राखे पनि बलात्कार ठहरिने
काठमाडौँ : बलात्कार मुद्दामा सर्वोच्च अदालतले नयाँ नजिर स्थापित गरेको छ । उच्च पदीय मर्यादामा रहेका व्यक्तिले तल्लो तहका कर्मचारीसँगको सहमतिको यौन सम्बन्धलाई पनि स्वतन्त्र मान्न नसकिने नजिर स्थापित गरेको हो । नेपाली सेनाका सहसेनानी भूपेन्द्र खड्का निवेदक रहेको रिट निवेदनको व्याख्या गर्दै सर्वोच्चले यस्तो सम्बन्धलाई ...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 26
- Next Page »










