भीमफेदी–कुलेखानी सुरुङमार्ग प्रदेश सरकारले बनाउने

काठमाडौँ : काठमाडौँ–हेटौँडा जोड्ने सडकखण्डमा प्रस्तावित भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न बाग्मती प्रदेश सरकारले अग्रसरता देखाएको छ । प्रदेश सरकारले अहिले सो सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको काम गरिरहेको छ । सुरुङमार्ग निर्माणका लागि यसै वर्ष नै ठेक्का दिने तयारी गरिरहेको छ । सुरुङमार्ग न...

पाँचथरकाे फिदिममा ‘महिनावारी मेला’

पाँचथर : महिनावारी हाम्रो भाग्यवारी भन्ने नाराका साथ पाँचथरको फिदिम नगरपालिकामा बिहीबार एक दिने महिनावारी मेला सम्पन्न भएको छ । महिलाहरुमा हुने महिनावारीप्रतिको अन्धविश्वासलाई हटाउने उद्देश्यले ुपरिवर्तनको सुरुवातु नामक संस्थाले मेलाको आयोजना गरेको हो । महिनावारी हुनु अभिशाप नभइ भाग्य हो भन्ने सन्देश फैलाउन मेलाको आ...

कर्णालीमा जीप खस्यो, चारको मृत्यु एक वेपत्ता

काठमाडौं : बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरबाट कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा घाइते भएका चार जनालाई उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । उहाँहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट दिउँसो ४ः ३० बजे कोहलपुर लगिएको हो । साथै घटनामा मृत्यु भएका चारै जनाको सनाखत भईसकेको जिल्...

सुदूरपश्चिममा ठूलीरात पर्व मनाइँदै

बैतडी : सुदूरपश्चिम प्रदेशमा आज ठूलीरात पर्व धुमधामसँग मनाइँदै छ। पुस १५ गते रात वर्षको सबैभन्दा लामो हुने भएकाले ठूलीरात भनिन्छ। ठूलीरातमा राति मीठा परिकार खाने, जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाइ गर्ने चलन रहेको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो। उहाले भन्नुभयो ‘रातभरि दन्त्य कथा, कह...

अंग्रेजी नयाँ वर्षको दिन देशैभर दिपावली गर्न सरकारको आग्रह

काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनका दिन देशभर दीपावली गर्न सरकारले आग्रह गरेको छ । १६ गते बुधबार (जनवरी १) भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने दिन सबै नेपालीसहित विदेशस्थित नेपाली नियोग, गैरआवासीय नेपाली संघ–संस्थालगायत सरोकारवाहरूलाई त्यो दिन दीपावली गरेर उज्यालो बनाउन सरकारले भनेको हो । भ्रमण वर्ष २०२० क...

नेपाल भ्रमण वर्षका लागि सुदूरपश्चिमकाे लोगो तयार

कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले नेपाल भ्रमण वर्षका लागि लोगो तयार गरेको छ। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उक्त लोगो अनुमोदन गरेको हो।सुदूरपश्चिम प्रदेश पर्यटन प्रवर्द्धन समितिले प्रदेश भ्रमण वर्ष २०२० को लोगो अनुमोदन गरेको छ। पर्यटकीय गतिविधि प्रचार-प्रसार उपसमितिले उक्त लोगो समितिको बैठकमा पेश ...

छाउगाेठ भत्काउन गृह मन्त्रालयकाे निर्देशन

काठमाण्डाै – छाउप्रथाका नाममा सुदूरपश्चिमाञ्चलका केही जिल्लामा महिलाले विभेद भोगिरहँदा सरकारले छाउगोठ भत्काउने निर्णय गरेको छ । गृह मन्त्रालयले विभिन्न ठाउँमा रहेका छाउगोठलाई समुदाय, स्थानीय तह र प्रहरी समेतको सहकार्यमा नष्ट गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएकाे छ । छाउपडी प्रथालाई निरन्तरता दिनेहरुमाथि...

प्रदेश ३ को नाम ‘नेवा-ताम्सालिङ’, कस्तो लाग्यो तपाईलाई ?

सिन्धुली : प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले ३ नम्बर प्रदेशको नाम ‘नेवा-ताम्सालिङ’ हुने बताएका छन् । पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा सिन्धलीगढीमा सोमबार आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासं (फोनिज) को ४५ औ राष्ट्रिय भेलाको उदघाटन  गर्दै मन्त्री जम्कट्टेलले यस्तो बताएका हुन्।...

बेपत्ता भएका १२ जना सकुशल घर फर्किए

जुम्ला - जुम्लाको तिला गाउँपालिका–९ स्थित सेरा फूलबारी पाटनमा जडीबुटी संकलन गर्न गएका १२ जना आइतबार राति घर फर्किएका छन् । गत बिहीबार पाटन गएका उनीहरु सम्पर्कबिहीन थिए । जडिबुटी टिप्न गएका तिला गाउँपालिका–९ ढिपु गाउँका धनबहादुर बोहोरा, छविराज बोहोरा, जंग रावत, सुमबहादुर बोहोरा, नरवीर बोहोरा, तुलु बोहोरा, ननिलाल रावत...

एकै गाउँका १२ जना बेपता

जुम्ला । तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ । उनले भने, “सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी...