शेर्पा भाषा अभिलेखिकरण विषयक पाठ संकलन गोष्ठी सम्पन्न

एक दिने शेर्पा भाषा अभिलेखिकरण विषयक पाठ संकलन गोष्ठी सोलुखुम्बुमा सम्पन्न भएको छ । हिमालयन शेर्पा बौद्ध संस्कृति संरक्षण समाजको आयोजनमा शेर्पा भाषाको पाठ सङकलन गर्ने उदेश्यले गोष्ठी सञ्चालन गरिएको हो । भाषा आयोगको सहकार्यमा आयोजित गोष्ठीमा भाषा आयोगका उपसचिव गेहानाथ गौतमले भाषा संकलन कार्यक्रमको प्रस्तुति गर्नु भएको थियो । शेर्पा संघका केन्द्रीय उपाध्यक्ष तथा भाषा विभागका प्रमुख एवम् भाषाशास्त्री किशोर शेर्पाले कार्यक्रमको विषयमा परिचय सहित प्रगाति विवरण सार्वजनिक गर्नुभएको थियो ।
हिमालयन शेर्पा बौद्ध संस्कृति संरक्षण समाजका महासचिव खेन्पो नोर्वु शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा भाषा पाठ संकलन कार्यका संयोजकमा छिरिङ शेर्पा, अनुसन्धनदातामा खेन्पो ङातेम्बा शेर्पा र भाषाशास्त्रीमा किसोर शेर्पा लगायतले आफ्नो धारण राखेको आयोजक संस्थाका महासचिव खेन्पो नोर्वु शेर्पाले जानकारी दिनु भयो ।
सोलुखुम्बुमा आयोजित उक्त कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पा भाषा आयोगका सचिव लक्ष्मि प्रसाद भटाराई, नेपाल शेर्पा संघ सोलुखुम्बुका अध्यक्ष पिके शेर्पा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु साथै शेर्पा समुदायको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार