शेर्पा गित संगित संरक्षण तथा सम्बर्धनमा शेर्पा इभेन्ट अर्गानाइजर दृारा आयोजित अनलाईन नृत्य प्रतिस्पर्धाले शेर्पा युवा(युवतिहरु लाइ आकर्षित गराउदै हाम्रो गित संगित क्षेत्र ओझेलमा परेको अवस्थामा लाइ पुन एकपटक गोडमेल र सबैको ध्यानाकर्षण गराएको देखिन्छ,जुन तपाइ हामि पहिचान प्रेमि हरुको लागि एकदम खुसी र गर्वको विषय हो, जसलाई अझ बढी प्रभावकारी बनाउन जानि नजानि हाम्रो आफ्नै भाषागत गित संगितमा आफ्नो पहिचान झल्कने खालका कला प्रस्तुत गर्न सहभागी हुनु भएको सम्पुर्ण लाइ एकमुष्ट हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछु।
शेर्पा जातिको परिचयात्मक विवेचना सहित आफ्नो गित संगित रहेको र भौगोलिक भु(भाग अनुसार बसाइको क्रममा अर्थात् आधुनिक करणको बिकास संगै शेर्पा समुदायको मौलिक पहिचान र गौरवको मुख्य पृष्ठलाई मध्य नजर गर्दै शेर्पा समुदायमा आफ्नै मातृभाषा दृारा निर्मित शेर्पा भाषाको गित संगित तर्फ कुल ध्यान केन्द्रीत हुदै योगदान पुर्याउनु हुने शेर्पा गायक तथा गायिका हरु एकदम न्युन मात्रामा छ,उहाहरुले आफ्नो व्यक्तिगत योगदानबाट सृजना गरेको र सिङगो शेर्पा समुदायमा आफ्नो पहिचान सहितको गित संगित क्षेत्रमा योगदान पुर्याउनु हुने शेर्पा गायक गायिका हरु औंलाको टुप्पोमा गन्ति गर्न सकिने छ।
तर पनि उहाहरुको योगदान र शेर्पा भाषामा निर्मित गित संगित हरु हाम्रो समुदायले सम्मान र माया नगरेको स्पष्ट हेर्न र देख्न सकिन्छ।हाम्रो आफ्नै भाषागत गित संगीत हरु किन हुदै छ यस्तो दुखद अवस्थारुकसरि भावि पुस्तालाइ आकर्षक गर्न सकिन्छ र किन जरुरि छरुजहा सम्म मेरो बुझाइ अनुसार विशेष गरी युवा पिढिहरुले अल्छि मानेको र सुन्न नरुचाएको मुख्य कारण,उनिहरुले भाषा नबुझ्नु र गित संगितको भाव नबुझेकाले उनिहरु यस तर्फ चासो नदेखाएको र सुन्न नरुचाएको देखिन्छ। शेर्पा इभेन्ट अर्गानाइजरले चालेको कदमले शेर्पा गित संगित क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ।
अझ यसलाई प्रत्येक घर घरमा,प्रत्येक समुदायमा यसको मुख्य जिम्मेवारी को हुन तरुनिश्चय नै प्रत्यक्ष तर्फ मुख्य जिम्मेवारी भनेको अभिभावकको रहन्छ,किनभने जब परिवारमा र कुनै पनि किसिमको कार्यक्रम स्थलमा शेर्पा भाषा र शेर्पा भाषामा निर्मित गित संगित बजाउनु र सुन्नुको सट्टा हिन्दि,अग्रेंजी,नेपाली,कोरियन,चाइनिज भाषाको गित संगित हरु लाई पहिलो प्राथमिकता दिए पछि हाम्रो आफ्नै भाषागत गित संगीत कसले बनाउने कसले सुन्नेरुहामि अभिभावक स्वयम्ले नसुनेपछि आफ्नो बाल बच्चा हरुले कसरि बुझ्ने र शेर्पा भाषामा निर्मित गित संगित लाइ माया गरौ नबुझेको भए अग्रज ज्युहरु संग सोधपुछ गरेर सिकौ, हामिले आफ्नो भाषागत गितकार संगितकार हरुलाइ हौसला प्रदान गरौ, उहाँहरुको योगदान लाइ हार्दिक बधाई तथा हौसला प्रदान गरौ।