सोलुखुम्बु : सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवि पाण्डे (खत्री)को सरुवा भएको छ । २०८० कात्तिक २२ गते सोलुखुम्बु जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समाल्नु भएका देविको गृह मन्त्रालय सरुवा भएको हो ।
एक वर्षे कार्यकाल पूरा हुनका साथै आफैले सरुवा मागेपछि मन्त्रालय सरुवा गरिएको गृह मन्त्रालय श्रोताले जनाएको छ ।देविको सोलुखुम्बु जिल्ला बसाई तथा कार्यकाल सफल रहेको जिल्ला बासीले प्रतिक्रिया दिन्छन ।
सोलुखुम्बुको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा अनोज घिमिरेलाई पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । घिमिरे हाल धरान इलाका प्रशासन कार्यालयमा कार्यरत हुनुहुन्छ । यस अघि पनि सहाय प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा काम गरेको उहाँको अनुभव रहेको बताइन्छ ।