सोलुखुम्बु : सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सोलुखुम्बुको सक्रियतामा थुलङ दुधकोशी गाउँपालिकामा वडा नम्बर ६ र ७ को बिचमा पर्ने चेल खोलामा काठको पुल निर्माण गरिएको छ ।
असोज ९ देखि १२ गतेसम्म परेको लगातार वर्षाका कारण थुलुङ्ग दुधकोशी गाउँपालिका वडा नम्बर ६ को दुबेनी हुँदै वडा नम्बर ७ को देउतातर्फ जाने चेल खोलामा मानिसहरूलाई आवत जावत गर्न कठिनाइ भएकाले चेल खोलामा काठको पुल निर्माण गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सोलुखुम्बुबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भलाकाजी बानियाँको कमान्डमा खटिएको ीच्ए टोलीले आज सोमबार स्थानीयको सहजताका लागि पुल निर्माण गरेको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सोलुखुम्बुका सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्द पोखरेलले जानकारी दिनुभयो ।
थुलुङ्ग दुधकोशी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष युजन बस्नेत, वडा नम्बर ६ का वडा अध्यक्ष महेन्द्रदीप राई र वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्कीको पहलमा स्थानीयका सहयोगमा लागि उक्त खोलामा काठको पुल निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सोलुखुम्बुले जनाएको छ ।
विपत्मा परेका पीडितहरूको मर्कामा साथ दिइरहेको र विपत् व्यवस्थापनको कार्यमा निकै सक्रियताका साथ लागि परिरहेको सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्द पोखरेलको भनाइ छ ।