१३ जना युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक नृत्य गरेर अमेरिकाको रेकर्ड तोड्ने घोषणा

काठमाडौं : नेपालको मौलिक संस्कृतिलाई विश्वसामू चिनाउने उद्देश्यले डिल बहादुर मगर (डिकेश) लगायत १२ जना नेपाली युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक मौलिक लोक नृत्य प्रस्तुत गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउने घोषणा गरिएको छ।

आगामी फागुन २२ गते काठमाडौंमा विहान ९ बजे उक्त कार्यक्रमको आयोजना गरिने भएको हो। शुक्रबार मारुनी मिडिया नेटवर्कले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त विश्व किर्तीमानीबारे जानकारी गराएको हो। उक्त किर्तीमान राख्नको लागि गिनिज बुकले अनुमति समेत दिइसकेको छ।

कार्यक्रममा उक्त किर्तीमानी राख्नको लागि व्यवस्थापनको जिम्मेवारी लिएको गिनिज ईभेन्ट्स नेपालका अध्यक्ष सन्तोष लामाले कार्यक्रम सफलताको शुभकामना दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार