दर्शकले रुचाएको लोसार गीत “लोसारकी तेम्डिल”

काठमाण्डौँ : निमा गेलु शेर्पाको नयाँ म्यूजिक भिडियो सार्वजानिक गरिएको छ । हिमाली बौद्ध धर्मवलम्बीहरुको महान पर्व लोसारको अवसर पारेर शेर्पाले गीत ल्याएको हो । लोसारको विषय समेटिएको गीतको शब्द संगीत समेत गायक शेर्पाले नै दिएका हुन् ।

लोसारकी तेम्डीलला टाशीदेलेक बोलको गीतलाई एरेन्ज भने राजु कार्कीले गर्नुभएकाे छ । शेर्पाको स्वरमा सुन्न सकिने गीतको रेकर्ड किङ स्टुडियोमा गरिएको थियो भने रेकर्डमा सुरेश राईले साथ दिनुभएकाे छ ।

शेर्पा पछिल्लो समयमा शेर्पा समुदायको हास्यव्याङ्य क्षेत्रमा स्थापित हुनुभएकाे छ । शेर्पा भाषामा पपछेऊ नामबाट हास्य व्याङ्य गर्दै आईरहनुभएका उहाँले शेर्पा भाषामा गीत निर्माण गर्नुभएकाे छ । उहाँको गीत शेर्पा ईन्टरटेन्टमेण्ट युटुव च्यानलबाट सार्वजानिक गरिएको छ । उक्त गीतले पछिलो समय युवा पुस्ताको निकै लोकप्रिय सामाजिक संजाल टिकटकमा समेत राम्रो स्थान पाएको देखिन्छ ।

लोसारको विषयमा लेखिएको गीतमा स्पष्ट र शुद्ध शेर्पा भाषाले स्थान पाएको श्राेता तथा दर्शककाे प्रतिक्रिया छ । जसले शेर्पा समुदायको भाषा, संस्कृति संरक्षणमा समेत सहयोग पुग्ने आशा लिइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार