२४ घण्टामा १२२१ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा ४२९ जना थपिए

काठमाडौं:  पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । उनीहरुमध्ये २२१ जनाको मृत्यु भएको छ भने २० हजार ८२२ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २६७ जना डिस्चार्ज भएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३...

कैलालीमा सामूहिक बलात्कार, ४ जना पक्राउ

काठमाडौँ :  कैलालीको टीकापुरमा एक किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । गत भदौ ११ गते रातिको समयमा काकाको घरबाट आफ्नो घरतर्फ फर्कने क्रममा १७ वर्षीया एक किशोरीलाई स्थानीय चार जना युवाहरुको समूहले खेतबारीमा लगेर जर्वजस्ती करणी गरेका थिए । पीडित बालिकाको जाहेरीका आधारमा जानकी गाउँपा...

भक्तपुरमा होम आइसोलेशनमै कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु

काठमाडौँ  :भक्तपुरमा होम आइसोलशेनमै एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।  भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीयको होम आइसोलेशनमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए। उनलाई उच्च रक्तचाप र मदुमेहलगायत औषधि सेवन गरिरहेका थिए । श्वासप्रश्वासमा समस्या भएप...

नेपालमा थप १२ जनाको मृत्यु, मृतकको संख्या २०७ पुग्यो

काठमाडौँ -  नेपालमा कोरोना संक्रमणका कारण २४ घण्टायता १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ पुरुष र ३ महिलाको मृत्यु भएको हो । पर्सा र ललितपुरका दुई-दुई तथा सिरहा, गोरखा, कास्की काठमाडौँ र भक्तपुरका एक-एक पुरुषको निधन भएको हो । यस्तै पाल्पा, काठमाडौँ र भक्तपुरका एक-एक महिलाको ज्यान ...

८८४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३७ हजार ३४० जना पुग्यो

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ।देशभरका प्रयोगशालामा ११ हजार ५ सय १६ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुर...

पाटन अस्पतालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

काठमाडौं : ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार)विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु उपचारको क्रममा मृत्य भएको हो । भक्तपुरकी महिलाको यही भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् । यसैगरी गएराति काठमाडौंकी ५१ वर्षीया महिलाको गत ...

कोरोना संक्रमण कस्ता बिरामीलाई बढी प्रभाव पार्छ ?

काठमाडौँ : विश्वप्यापी रुपमा फैलिएको कोरोना संक्रमणसंगै नेपालमा पनि मृत्युको ग्राफ प्रत्यकदिन बढ्दै गएको छ । । हालसम्म देशभर ३६ हजार पाँच सयलाई संक्रमण पुष्टि हुँदा २ सय जना संक्रमितको ज्यान गइसकेको छ । संक्रमणबाट मृत्यु हुनेहरु मध्ये अधिकांशमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको वा दीर्घ रोग रहेका छन् । नेपालमा कोरोना...

चितवनमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

१३ भदौ, चितवन । चितवनमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु  भएको छ । चितवन मेडिकल कलेजमा हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो । कोभिड आइसियूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिला मिर्गौला रोगबाट पीडित थिइन् । डायलाइसिस गर्नका लागि ती महिलालाई साउन २७ गते च...

धरानमा थप एक कोरोनाभाइरस संक्रमितको मृत्यु

काठमाडौँ :  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको भदैया ६ घर भएका ८४ वर्षीय पुरुष रहेका छन् । उनको शुक्रबार राति करिब साढे ११ बजे मृत्यु भएको अस्पलाले जनाएको छ । मृतकमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । ती वृद्धलाई उपचारका ला...

भारतमा एकै दिन ७६ हजार जना कोरोना संक्रमित

काठमाडौँ  : भारतमा कोरोना संक्रमितको संख्या साढे ३४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७६ हजार ६६५ जना संक्रमित भएसँगै शनिबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३४ लाख ६१ हजार २४० पुगेको हो । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा...