चितवनमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

१३ भदौ, चितवन । चितवनमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु  भएको छ । चितवन मेडिकल कलेजमा हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो । कोभिड आइसियूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती महिला मिर्गौला रोगबाट पीडित थिइन् । डायलाइसिस गर्नका लागि ती महिलालाई साउन २७ गते चितवन मेडिकल कलेज ल्याइएको थियो । उनको तीन पटकसम्म डायलाइसिस गरिएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार