रसुवा : बाढीले बगाउँदा रसुवामा १५ जना बेपत्ता भएका छन् । आज बिहान भोटेकोशी नदीमा एक्कासी आएको ठूलो बाढीले बगाउँदा तीन प्रहरी सहित १५ जना बेपत्ता भएका हुन् । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीका कारण रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको छ ।
उहाँका अनुसार बेपत्ता हुनेमा तीन जना प्रहरी, ६ जना नेपाली कामदार ४ जना चिनिया मजदुर र २ जना ड्राइभर रहेका छन् । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पनि बगाएको छ भने सयौँ इभी गाडी पनि बगाएको अनुमान गरिएको छ। स्याफुरुबेसी जोड्ने सडक सँगै जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुर्याइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउँनुभयो ।







