नेपालमा थप १२ जनाको मृत्यु, मृतकको संख्या २०७ पुग्यो

काठमाडौँ –  नेपालमा कोरोना संक्रमणका कारण २४ घण्टायता १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ पुरुष र ३ महिलाको मृत्यु भएको हो । पर्सा र ललितपुरका दुई-दुई तथा सिरहा, गोरखा, कास्की काठमाडौँ र भक्तपुरका एक-एक पुरुषको निधन भएको हो ।

यस्तै पाल्पा, काठमाडौँ र भक्तपुरका एक-एक महिलाको ज्यान गएको हो । यससँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ ।देशभर १६ हजार पाँच सय ९० जना आइसोलेसनमा उपचाररत छन् ।

यसमध्ये होम आइसोलेसनमा ६ हजार चार सय ४५ र संस्थागत आइसोलेसनमा १० हजार एक सय ४५ रहेका छन् । आईसीयूमा एक सय ७५ र भेन्टिलेटरमा २२ जना छन् । मोरङ, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट सर्लाही र काठमाडौँमा पाँचसयभन्दा बढी संक्रमित रहेका छन् । यस्तै  मुस्ताङ र हुम्ला संक्रमितमुक्त भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार