काठमाडौँ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको भदैया ६ घर भएका ८४ वर्षीय पुरुष रहेका छन् । उनको शुक्रबार राति करिब साढे ११ बजे मृत्यु भएको अस्पलाले जनाएको छ ।
मृतकमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । ती वृद्धलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो । कोरोनाको आशंकामा स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । योसँगै प्रतिष्ठानमा भर्ना भएकामध्ये कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।