कोरोना संक्रमण कस्ता बिरामीलाई बढी प्रभाव पार्छ ?

काठमाडौँ : विश्वप्यापी रुपमा फैलिएको कोरोना संक्रमणसंगै नेपालमा पनि मृत्युको ग्राफ प्रत्यकदिन बढ्दै गएको छ । । हालसम्म देशभर ३६ हजार पाँच सयलाई संक्रमण पुष्टि हुँदा २ सय जना संक्रमितको ज्यान गइसकेको छ । संक्रमणबाट मृत्यु हुनेहरु मध्ये अधिकांशमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको वा दीर्घ रोग रहेका छन् । नेपालमा कोरोनाबाट मृत्यु भएको तथ्यांक हेर्दा महिला भन्दा पुरुष बढी छन् ।

कोरोना संक्रमणबाट कस्तो व्यतिmलाई प्रभाव पार्छ ?

१,श्वास प्रश्वाससम्बन्धी रोग भएका‚ वृद्धवृद्धा र डायबेटिज र उच्च रक्तचाप भएका व्यक्तिहरूमा

२,  प्रतिरोधात्मक क्षमता कमजोर भए

३,मुटु, मिर्गौला तथा फोक्सोमा समस्या भएका

४,बाथ, दम, क्यान्सर, मधुमेह लगायतका दीर्घ रोगीहरु

कोरोनाबाट बच्ने तरिका

रोग सर्ने मुख्यतः संक्रमित व्यक्तिसँगको सम्पर्कबाट हो । त्यसैले दीर्घरोगीहरुले भीडमा जाँदा नाक र मुख राम्रोसँग छोपिने गरी मास्क लगाउनुपर्छ ।

यदि कोही सम्पर्कमै जानुपर्यो भने दूरी कायम राखेर र लामो समय एउटै व्यक्तिसँग कुरा गर्नु भएन । १५ मिनेटभन्दा बढी नजिकमा कुरा गर्नु भएन । त्योभन्दा बढी बिताउनेहरुसँग संक्रमण सर्ने खतरा बढी देखिएको अध्ययनले देखाएको छ ।

झ्याल, ढोका खुल्ला नभएको, भेन्टिलेसन ९हावा जाने ठाउँ० नभएको कोठामा, कक्षा कोठामा, बैठक स्थलमा रेस्टुरेन्ट आदिमा लामो समय बस्ने ।

आफ्नो घरबाहेक ठाउँहरुमा पनि भेन्टिलेसन नभएको कोठामा मास्क लगाउनै पर्छ। यसो गरियो भने ६० देखि ७५ प्रतिशतसम्म संक्रमणका कम हुने अध्ययनहरुले देखाएका छन् ।

तनाव लिएर आत्तिनु भएन । कोभिड संक्रमण भएको व्यक्तिमा मानसिक तनावले झन् असर गरेको देखिएको छ ।

हाम्रो समाजमा पहिलेदेखि चलिआएको योगा गर्ने, ध्यान गर्ने, मनशान्ति राख्ने गर्दा धेरै राम्रो हुन्छ । जतिधेरै तनाव लियो त्यति धेरै यो भाइरसले असर गर्छ भने मनोबल उच्च हुँदा भाइरस कमजोर हुँदै जान्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार