हाम्राे सम्बन्धमा कुनै चिसो आएको छैन, हामी सँगै छौँ : रामकृष्ण ढकाल

गायक रामकृष्ण ढकालले फेसबुकमा स्टेटस लेखेर पूर्व श्रीमतीको बारेमा नराम्रो नभन्न अनुरोध गरेका छन् । गायक रामकृष्ण ढकाल र निलम शाहको बुधबार काठमाडौँ जिल्ला अदालतमा सम्बन्ध बिच्छेद भएको थियो।

सम्बन्ध बिच्छेदपछि ढकालले आफ्नी पूर्व श्रीमति निलमलाई चरित्र हत्या हुने गरी नकारात्मक चित्रण गरिएको बताएका छन् । उनले फेसबुक पेजमा निलमसँगको फोटो सार्वजनिक गर्दै सञ्चारमाध्यममा पनि गलत तरिकाले चित्रण भएको बताएका छन्।

उनले भनेका छन्, ‘महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।’

आफ्नो लामो सांगीतिक क्षेत्रमा अनवरनत रुपमा हिँडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो श्रीमती निलम भएको बताउँदै उनले ‘उनीहरु परिवारमा सँगै भएको र सम्बन्धमा कुनै चिसो नआएको बताएका छन्।

उनको स्टेटस यस्तो छ,

मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन। जीवनको यो लामो अन्तरालमा मैले कति दर्शक रश्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाई मेरा आफ्ना आलोचक र प्रशंसक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु।

पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन् ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु। विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रतिको न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर

अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु । सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ–आफ्नै पारिवारिक विषय हुन्छन् जुन नितान्त व्यक्तिगत हुन्छन।

व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो। यसर्थ म प्रती चासो देखाउनु हुने मेरा सम्पुर्ण दर्शक र श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पुर्ण दर्शक र श्रोताका कारण छु तर नेपाली गित संगीत क्षेत्रमा मलाई अनवरतरुपमा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरी श्रीमती निलम हुन् । हामी सँधै झैँ हाँसी खुशी परिवारमासँगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार