स्वास्थ्य र पोषण टिप्स

  • चिनीयुक्त पेय पदार्थ मोटोपनाका कारण हुन् । उच्च क्यालोरी पाइने पेय पदार्थ ठोस पदार्थको तुलनामा कम लाभदायी हुन्छन् ।
  • प्रशस्त मात्रामा नट्स सेवन गरौँ, बोसोयुक्त पदार्थ धेरै पाइने भए पनि पोषक र स्वस्थ हुन्छन् । साथै, नट्समा भिटामिन ई, म्याग्नेसियम, फाइबरजस्ता पोषक तत्व हुन्छन्, जसले मधुमेह, मोटोपना र हृदयरोेगको जोखिम कम गर्छन् ।
  • सकेसम्म जंकफुड सेवन नगर्दा राम्रो । संसारभरमै मोटोपनासँगै अधिकांश रोगको कारण जंकफुड मानिन्छ ।
  • कफी खान नडराउनुहोस् । कफीमा पाइने एन्टिअक्सिडेन्टले मधुमेह, अल्जाइमर, पार्किन्सनजस्ता रोगको जोखिम कम गराउँछ ।
  • स्वस्थ रहन पर्याप्त उपयुक्त आहार र व्यायामको उत्तिकै महत्व हुन्छ । त्यसैले यी कुरामा ध्यान दिनुपर्छ ।
  • फलफूल र तरकारी धेरै खाने तथा धूम्रपान/मद्यपानबाट टाढा रहनुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार