रक्तदाता अर्जुन मैनाली द्वारा शेर्पा समुदायको भाषा संरक्षणको लागि सहयोग गरिएको छ । मैनालीले विश्ममा साहासी, विश्वासी र सोझा समुदायको रुपमा चिनिएको शेर्पा समुदायको भाषा संरक्षणको महत्व रहेको स्मरण गराउदै समुदालाई सहयोग गरिएको हो । शेर्पा संचार समुह नेपाललाई नगत रु १० हजार सहयोग गरिएको हो । शेर्पा पत्रकार सोनाम याङजी शेर्पा मार्फत मैनालीले शेर्पा संचार समुहलाई सहयोग हस्तान्तरण गरिएकोे छ ।
मैनाली अमेरिकाको संघीय निर्वाचन क्षेत्र न्यूयोर्कमा वस्दै आई रहनु भएको छ । नेपालबाट रक्तादान सुरु गरेको मैनालीले रक्तदान कार्यक्रमहरु आयोजना गरेर तथा रक्तदानसम्बन्धी शिक्षासमेत दिएर विश्वमै उल्लेखनीय योगदान दिएको उल्लेख गर्दै आएको छ । विश्व रक्तदाता अभियान्तको रुपमा विभिन्न सम्मान ग्रहण गरि सकेको छ ।
त्यस्तै न्यूयोर्कको वेष्टर वे टाउनले गतबर्षदेखि डिसेम्बर २२ लाई विश्वरक्तदाता अर्जुनप्रसाद मैनाली दिवस मनाउने घोषणा गरेको छ । उनले ३३ बर्षसम्ममा एकसय छयासी पटक रक्तदान गरि सकेका छन् । उनी अमेरिकी देशका केन्द्र, राज्य र स्थानीय तीनैतहबाट सम्मानित हुने नेपाली व्यक्तित्व पनि हुन् । देशका तीनवटै तहबाट सम्मानित हुने अवसर पाएको उहाँले शेर्पा भाषा संरक्षणमा सहयोग पु¥याउन पाउँदा खुसी लागेको बताए । उहाँको रक्तदान यात्राको विषयमा “विश्व रक्तदाता” नामक किताब ११ वटा भाषामा अनुभाद गरि प्रकाशन समेत गरि सकेको छ ।