राजनीतिक परिवर्तनमा सांस्कृतिक यौद्धाहरुको ऐतिहासिक भूमिकाः प्रचण्ड

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सामाजिक परिवर्तनका लागि जनतालाई जागृत गर्न सांस्कृतिक ऐतिहासिक भूमिका रहेको बताउनुभएको छ ।

जनगायक जेवी टुहुरेको तेस्रो स्मृति दिवसका अवसरमा जेवी टुहुरे फाउण्डेसनले आयोजना गरेको स्मृति दिवस तथा स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दर्शन, सिद्धान्त र राजनीतिका धेरै कुरा गरेर भन्दा गीत, संगीतका थोरै प्रस्तुतिबाट जनतामा धेरै भन्दा धेरै जागरण पैदा गर्न सकिने बताउनुभयो ।

उहाँले सांस्कृतिक यौद्धाहरु जीवनभर जनतामा जागरण पैदा गर्दैगर्दै पर्ने र मरिसकेपछि पनि युगयुगसम्म जागरण पैदा गरिरने र कहिल्यै नपर्ने बताउनुभयो । पारिजातको कविता उधृत गर्दै उहाँले सहिदहरु कहिल्यै नमर्ने बरु उनीहरु युगयुगसम्म नारा भएर घन्किरहने बताउनुभयो ।

जेवी टुहुरे फाउण्डेसनले एक लाख राशीसहितको जेवी टुहुरे सम्मान २०८१ मनरोपरान्त अर्का जनगायक खुशीराम पाख्रिनलाई समर्पण गरेको छ ।

इच्छुक प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै सांस्कृतिक यौद्धाहरुलाई एकैसाथ सम्झन पाउनु खुशी र गौरवको विषय भएको बताउनुभयो । ‘महान सहिद कृष्णसेन इच्छुकको स्मृतिमा निर्मित भवनमा जेवी टुहुरेको स्मृति दिवसमा खुशीराम पाख्रिनलाई मरोनोपरान्त सम्मान गर्न पाउँदा निकै गौरवान्वित महसुस गरेको छु’– उहाँले भन्नुभयो– ‘मेराका लागि यो निकै खुशी र गर्वको क्षण हो ।’

सेन, टुहुरे र पाख्रिन जस्ता सांस्कृतिक यौद्धाहरुले गरेको योगदान र बलिदानकै कारण श्रमिक वर्गमा चाँडै चेतना जागृत भएको र सामन्तवादको अन्त्य गर्न संभव भएको अध्यक्ष प्रचण्डको भनाई थियो । ठूलो बलिदानपछि आएको परिवर्तन संस्थागत गर्ने क्रममा पाख्रिन र टुहुरेलाई नीति निर्माण तहमा लैजान सकिएकोमा खुशी व्यक्त गर्दै उहाँले जेवी टुहुरे फाउण्डेसनका निर्भिका टुहुरेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्णबहादुर घर्तीलगायतले बोल्नुभएको थियो ।

सो क्रममा जनवादी कलाकारहरुले सांस्कृतिक यौद्धाहरुको सम्मानमा प्रस्तुति दिएका थिए । कार्यक्रम सञ्चालन जनसांस्कृतिक महासंघका अध्यक्ष भीम कुमाखीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार