काठमाडौं: हास्य कलाकार विल्सनविक्रम राई ‘तक्मेबुढा’लाई पुत्रलाभ भएको छ।
विल्सनको जन्मदिनकै दिन श्रीमती सरिना लामाले छोरालाई जन्म दिएकी हुन्। विल्सन र सरिनाले गत फागुनमा विवाह गरेका थिए।
झापामा जन्मिएका विल्सनले आज ३४औं जन्मदिन मनाउँदै छन्। आजकै दिन बाबु बन्ने अवसर पाएपछि यो जन्मदिन तक्मेबुढाका लागि विशेष बनेको छ।
उनले आज बिहान सामाजिक सञ्जालमा आफ्नो जन्मदिनमा छोरा जन्मेको र बाबु बन्न पाएकोमा खुशी व्यक्त गरे। बाबु बनेपछि जीवनमा थप जिम्मेवारी बढेको महसूस भएको उनको भनाइ छ।







