गोविन्दबहादुर मल्ल गोठालेले लेख्नुभएको नाटक ‘भुसको आगो’ शैली थिएटर रातोपुलमा मंञ्चन भैरहेको छ ।
आजभन्दा करिव ६ दशक अघि एक जना शिक्षित नारीले श्रीमानबाट परित्याग गरेको अवस्थामा समेत माइतमा बसेर गरेको संघर्षको कथा हो ‘भुसको आगो’ !
राणाशासनको अन्त्यसँगै प्रजातन्त्रको स्थापनापछि नेपाली नारी वर्गमा पनि आएको चेतनाको उत्कृष्ट विम्व यस नाटकमा प्रस्तुत गरिएको छ ।
एउटी नारी शिक्षित भइसकेपछि समाज, परिवार तथा आफ्नो भविष्यको आफैंले एउटा कठिन मोडमा लिएको फैसलाको कथा नाटकमा बुनिएको छ ।
नारी संवेदना, माया, आक्रोश र प्रेमले भरिएको नाटकलाई शैली थियटरका कलाकारहरुको जीवन्त अभिनयले अझ प्राण भरिदिएको छ ।
नाटक ‘भुसको आगो’ले अहिलेका नेपाली नारीलाई समेत अझ बढी शसक्त बन्न प्रेरित गरेको छ ।
श्रीमान र सासु–ससुराको दुव्र्यवहार पछि माइत फर्किनुपर्दा भित्रभित्रै जलेर भुसमा पुत्पुताएको आगो झैँ भएकी नारीलाई दर्शाउने यस नाटकले पुरुषका स्वेच्छाचारी वृत्तिको विरोध पनि गरेको छ ।
नाटकको निर्देशन शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले गर्नुभएको छ ।।
यस नाटकमा ६ जना महिला कलाकार सगुन पोखरेल, चाँदनी शाही, सरस्वती अधिकारी,अश्मिता खनाल,सृष्टि आचार्य र निमा पाण्डेको अभिनय रहेको छ ।
मंंसीर १५ गतेदेखि मंञ्चन भैरहेको यो नाटक हरेक दिन अपरान्ह ४ः५० बजे ३० गतेसम्म चल्नेछ ।