सोलुखुम्बु ः खुम्बुपासाङल्हामु गाउँपालिका वडा नम्बर २ सुर्केको १ घरमा आगलागि हुदा करिब रु.५० लाख बराबरको क्षति भएको छ । बुधबार विहान करिव पौने १२ बजे स्थानिय रोमन राईको घरमा आगलागि हुदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए । आगलागिबाट घर भित्र रहेका १ तोला सुन, २ सय ५० थान प्वाइउड, एक थान जस्ता, लत्ता कपाडा तथा भाडाँवर्तन जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगो निभाउने क्रममा घर धनि सामान्य घाइते छन् । घाईतेको निकोनिकिल अस्पताल लुक्लामा उपचार भइरहेको छ । आगो प्रहरी र स्थानियको सहयोगमा करिब ३ घण्टा पछि नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । आगलागिको कारण भने खुलेको छैन ।