फेसबुकबाटै लाखौँ ठगी

बुटवलका २४ वर्षीय गुन्जबहादुर पल्लीलाई फेसबुक मेसेन्जरमा कसैले हेल्लो भन्यो । अपरिचित भएपनि उनले अभिवादन फर्काए । गफ हुदैँ थियो, महेशजंग थापा नामका ती व्यतिmले पल्लीलाई केही समयअघि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भेटेको कुरा सुनाए ।

उनले पनि हुन सक्छ भने दिनदिनै गफ हुदैँ थियो । महेशको फ्रेन्ड रिक्ववेस्ट उनले स्विकारे । एक दिन मेसेन्जरमा महेशले भने म क्यानडा बस्छु उतैको पीआर छ । तपाई पनि जानुहुन्छ भने म स्पोन्सर गर्न सक्छु । छक्क परेका पल्लीले सोधे कति पैसा लाग्छ ? महेशले भने पैसाको चिन्ता लिनु पर्दैन, पैसा ठूलो कुरा हैन । मेसेन्जर कुराकानीबाटै पल्ली क्यानडा जान मञ्जुर भए । सुरुमा ३ लाख दिने बाँकी एक लाख पछि कमाएर दिँदा हुन्छ भनेर उनलाई महेशले झापा बोलाए । तीन लाख बोकेर उनि आए ।

बिर्तामोडमा भेट भयो । भारत जान पैसा साट्नु पर्छ तपाई कपाल काट्दै गर्नुस भन्दै सबै पैसा लिएर उनी बेपता भए । फोन गरे लागेन । लामो समय पर्खिदा पनि नआएपछि पल्लीले आफू ठगिएको भन्दै प्रहरीलाई उजुरी दिएर घर पर्किए ।

बुटवलकै २३ वर्षीय सुविन अर्यालको कथा पनि उस्तै छ । ४ वर्ष दुबइ बसेर फर्किएका थिए । हालैको एक दिन अपरिचितको फ्रेन्ड रिक्वेस्ट आयो महेशजंग थापा नामको फेसबुक आईडीबाट पल्ली जसरी नै आर्यालले पनि मित्रसूचिमा जोड्नुअघि थापा भनिकासँग म्यासेन्जरमा कुरा गरेका थिए । महेशले उनलाई पनि क्यानडाको पीआर भएको र जान चाँहादा स्पोन्सर गर्न सक्ने बताए ।

अहिले २लाख दिए हुने सल्लाह मिलेपछि अर्याल सस्तोमै क्यानडा जान पाइनेमा मख्ख परे । गत साउन १९ मा पैसा बुझाउन १२ घण्टा लामो यात्रा गरेर उनी झापाको काँकडभिट्टा ओर्लिए । फोनमा महेशले पैसा लिएर मेची पुलपारि आउन भनेपछि अर्यालले वारि नै बोलाए । महेश आए पैसा लेनदेन हुनै लाग्दा दुबैलाई सादा पोसाकका प्रहरीले नाकाबाटै नियन्त्रणमा लियो । अर्याल भोलिपल्टै छुटे थापा प्रहरीको हिरासतमा छन् । आफूलाई महेशजग थापा बताउने मोरङको उर्लाबारी ७ बरगाछीका ३५ बर्षीय रामबहादुर भएको खुलेको छ ।

फिल्म कथाजस्तो लाग्ने यी दुई घटनाले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेले कसरी नयाँ शैलीबाट ठगी गरिरहेका छन् भन्ने खुल्छ । खड्काले महेशजंग,विश्वजीत थापा र प्रवीण थापालगायत नामका फेसबुक आइडीकाबाट पल्ली र अर्यालजस्ता धेरैलाई ठगी गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । खास गरी खाडी मुलुकमा काम गर्दै गरेको र घर फर्र्किएर बेरोजगार बसेको युवालाई लक्षित गरेर यस्तो ठगी गरेको देखिन्छ ।

खड्काले १४ वर्षदेखि अध्ययनका लागि क्यानडा आएको र बिहे गरी पीआर लिएको भन्दै युवालाई ठग्दै आएको खुलेको छ । उनले ठग्ने क्रममा क्यानडामा आफ्नै लगानीमा २, ४ वटा क्याफे सञ्चालन गरेको थिए । आफू गैरआवसीय नेपाली संघ क्यानडाको पदाधिकारीसमेत रहेको उनले बताउने गरेका छन् ।

उनले क्यानडा जान जम्मा ३ लाख भिसाका लागि र १ लाख जति टिकटका लागि लाग्ने भन्दै २ देखि ३ लाखसम्म असुलेको प्रहरीले फेला पारेको छ । खड्काले सन् २०१२ देखि नै फेसबुक पाँचवटा फेक, एकाउन्ट खोलेर त्यसमार्फत सम्पर्क गर्दै ठगी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।

हालसम्म करिब ८ सय जनालाई ठगी गरेको हुन सक्ने भन्दै प्रहरी अनुसन्धान गरिरहेको छ । उनको फेसबुक आईडी हेर्दा आठ सयजना जतिलाई ब्लक गरेको देखिन्छ । इलका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मोहन थापाले भने यसलाई आधार मान्दा करोडौँ रुपैयाँ असुली गरेको हुन सक्छ । खड्काविरुद्ध इलका प्रहरी कार्यालय बिर्तामोड दमक,धुलाबारी र काँकाडभिट्टामा सय वटाभन्दा बढी उजुरी परेको छन् ।

प्रहरीका अनुसार उनले मेसेन्जरमा फकाएपछि क्यानडा जान इच्छुकको डकुमेन्ट माग्ने र तिनै डकुमेन्टका आधारमा सिम कार्ड लिएर फोन गर्ने गरेको खुलेको छ । पैसा लिइसकेपछि सिम कार्ड नष्ट गर्ने र फेसबुकबाट तिनिहरुलाई ब्लक गर्ने गरेको पाइयो डीएसपी थापाले भने । खड्काविरुद्ध प्रहरीले ठगी मुद्धा फैसाला हुदाँ कसुरवार ठहर भए ७ वर्ष जेल र ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार