जंगली च्याउ खाँदा १२ जना बिरामी

उदयपुर, श्रावण ०५ /उ दयपुरमा छुट्टाछुटै स्थानका ३ परिवारका १२ जना विरामी परेका छन् । त्रियुगा नगरपालिका ९ राजाबासमा १ परिवारका ५ जना र कटारी नगरपालिका ४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् ।

शनिवार दिउँसो १ बजेको समयमा जंगली बिषादि च्याउ खाएर राजावासका ४० बर्षीय चित्र बहादुर दनुवार, निजको श्रीमती ३८ बर्षीया फुलमाँया दनुवार ,निजको छोरा २० बर्षे अनिश दनुवार , ११ बर्षीय मनिस दनुवार र १७ बर्षीया रबिना दनुवार बिरामी परेकी हुन ।

यसैगरी कटारी सिसाघारीकी ३५ बर्षीया टंक कुमारी दनुवार सहित निजको छोराहरु १४ बर्षीय अनिष दनुवार र ११ बर्षीय महेन्द्र दनुवार र ९ बर्षीया छोरी सुजिता दनुवार बिरामी भएका छन् भने छिमेर्की २० बर्षिय गंगाकुमारी तामाङ, १९ बर्षकी लक्ष्मी तामाङ र १७ बर्षकी समिता तामाङसमेत बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बिरामी सबैको बिराटनगर स्थित नोबेल अस्पतालमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार