सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका-७ देउसामा सम्पन्न साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी जालिम बिहानी समाज भुलभुलेले हात पारेको छ । साविक मुक्ली-६ लाई हराउदै भुलभुलेले उपाधी हात पारेको रेफ्री चुडामणी केसीले जानकारी दिनुभयो ।
कोकोमेन्दो तामाङ समाज साउनेको आयोजनामा तीन दिन देखि जारी प्रतियोगितामा साविक देउसा-८ बुढिडाँडाँ तृतीय र घुर्मिसे एकता क्लब नेले सान्त्वना भएको आयोजक संस्थाका अध्यक्ष लिलामान तामाङले जानकारी दिनुभयो ।
विजेता समूहले नगद क्रमशः रु.१५ हजार, रु.१० हजार, रु.५ हजार र रु.३ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बिजयी समूहलाई पुरस्कर प्रदान गर्नुभएको छ । यस्तै प्रतियोगीतामा उत्कृष्ट खेलााडी दिपक किराँती, उत्क्रकृष्ट लिफ्टर किशोर राई र उत्ककृष्ट डिफेन्डर प्रभुराम राई बनेका छन् ।