कोभिड 19 ले नेपालीको बेरोजगारहरूमा निम्त्याएको समस्याहरु

नुरू शेर्पा

नेपाल एक भूपरिवेष्ठित मुलुक हो । नेपालको कुल जनसंख्या लगभग ३ करोडको हाराहारीमा अनुमान गर्न सकिन्छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको श्रमशक्ति सर्वेक्षण सन् २०१८ अनुसार नेपालको बेरोजगारी दर ११.४% रहेको देखाएको छ ।यसमा शारीरिक तथा मानसिक रुपमा काम गर्न सक्षम उमेर पुगेको भुक्तानी प्राप्त हुने काम नपाएका सबै जनशक्तिलाई बेरोजगार भनी परिभाषित गरिएको छ । यसअघि सन् २००८ मा गरिएको सर्वेक्षणले २.१% मात्रै बेरोजगार रहेको देखाएको थियो । तर, रोजगारी परिभाषा परिवर्तन गरि निर्वाहमुखी र आफ्नै उपभोगका लागि मात्र काम गर्ने जनशक्तिलाई रोजगार भन्न नमिल्ने बनाइयो । त्यसको आधारमा बेरोजगारी दर हाम्रो मुलुकमा ह्यात्तै बढेको देखिन्छ । हालको यो जुन दर अन्य दक्षिण एसियाली मुलुकहरुको भन्दा ज्यादा हो, विश्वकै सबै भन्दा बढी जनसंख्या रहेको मुलुक चीनको पनि बेरोजगारी दर ३.६१% मात्रै रहेको छ।

नेपालको सन्दर्भमा हेर्ने हो भने नेपाली युवायुवतीहरू आफ्नो भविष्य बाहिरी देशमा नै देख्न बाध्य छन् । आन्तरिक श्रम बजारको प्रशोधन क्षमता अत्यन्तै न्यून हुँदा अतिरिक्त श्रम शक्ति वैदेशिक रोजगारीका लागि बिदेश पलायन हुने देखिन्छ र विदेशी भूमिमा हरेक खाल्का कामहरू गर्न बाध्य छन् । नेपाली भूमीमा काम पाएपनि भने जस्तो वा पुग्दो तलबको व्यवस्था नहुनु र काम पनि धेरै जसो दिगो नभएपछि पछि विदेशीनुलाई पनि रहर भन्दा पनि बाध्यताका रुपमा देखिन्ने गरिन्छ । वि.सं. २०७१ मा अर्थमन्त्रालयले गरेको सर्वेक्षण अनुसार २६.१% उच्च शिक्षा गरेकाहरु बेरोजगार रहेको पाइन्छ जुन दर बढ्दो क्रममा छ । जसको परिणामस्वरुप बौद्धिक युवाहरूको पलायन सहजै देख्न सकिन्छ।
१. आम्दानीको स्रोत नभएपछि गरिबीको वृद्धिदर बढ्ने छ
२. देशको हरेक क्षेत्रमा भ्रष्टाचार बढ्ने छ
३. देशको अर्थतन्त्र मा आर्थिकको कमी
४. अपराधिक क्रियाकलापहरुको वृद्धि हुन्छ
५,.आत्मनिर्भतामा कमी आदि ।
यसरी नै बेरोजगारीको दर बढ्ने हो र यस्तैनै परिणाम देखिन्दै जाने हो भने भोलि नेपाली प्रत्येक जनताको टाउकोमा ॠणको भारी थुप्रन्छ बन्द खासै फरक नपर्ला ।
देशको प्रत्येक नितीनियम अरु देशको अनुसरण गर्न सक्षम सरकारले अरु देश जस्तो विकासमा त्यति फड्को मार्न सकेको देखिएन । भने विदेशिनुको सङ्ख्यामा पनि कमी गराउन सक्या छैन देशको प्रमुख आयस्रोत नै रेमिट्यान्स भएको छ । तर कोभिड १९ को माहमरीले गर्दा धेरै जना नेपालीहरुले वैदेशिक रोजगार घुमाएका समाचार सम्प्रेषण गरेको देखिन्छ । प्रमुख आयश्रोत नै रेमिटेन्सले नै प्राप्त गरिएन भने भोलिको दिनमा देशको प्रमुख आय श्रोत रेमिटेन्स नै बन्द होला बन्ने अवस्थामा पुगिसकेको देखिन्छ

कुनै पनि देशको नागरिकले अन्य देशमा गएर शारिरिक वा मानसिक श्रम गरी कमाएको पैसा वा मालसामान आफ्नो देशमा पठाउनुलाई रेमिट्यान्स भनिन्छ । हाल आएर पैसा वा मालसामानलाइ मात्र होइन विदेशमा बसेर सिकेका सीप, कलालाइ पनि रेमिट्यान्स मान्नुपर्ने अर्थशास्त्रीहरूको तर्क छ। किनकि उसले विदेशमा सिकेका सीपले स्वदेशमा उत्पादन र विकासमा ठूलो मदत पुर्‍याउँछ वस्तु तथा सेवा उत्पादन गर्न नसक्ने, जनसङ्ख्या मात्र उत्पादन गर्ने हाम्रो मुलुक रेमिट्यान्सले अर्थतन्त्र धानेको छ।
रेमिट्यान्स छोटो समय अवधिका लागि मात्र राष्ट्रका लागि फाइदा देखिन्छ। दीर्घकालीन रेमिट्यान्सले देश निमिट्यान्न पार्न सक्छ। वैदेशिक श्रम गर्नु भनेको बोनी जानू जस्तै हो बन्द खासै फरक नपर्ला । पूँजीवादी राष्ट्रले अलिकति भएपनि श्रम शोषण गरेका हुन्छन् । त्यसैगरी रेमिट्यान्स सङ्गै माहामारी निम्त्याउन सक्ने रोग देशभित्र भित्र्याउनु अर्को बेफाइदा हो । त्यसैले रेमिट्यान्सले देशको अर्थतन्त्र धान्नुका साथै ध्वस्त पनि पार्न सक्छ । हाल कोभिड-१९ महामारीले विश्व त्रसित र आतङ्कित बनेको छ।विश्वमा छरिएर रहेका नेपाली स्वदेश फर्कन चाहन्छन् । उनीहरूको गुन सरकारले एउटा महामारीमै बिर्सन हुँदैन । विदेशबाट उनीहरू आफ्नो घर आउँदैमा कोरोनाको कोसेली उपहार बोकेर आउछ भने मनसाय पनि राख्नु हुन्न ।आज धेरै जसो मुलुकले आफ्ना नागरिकलाई आफ्नो स्वदेश फर्काइरहेका छन् र फर्किनमा रोकेका छैनन् ।तर नेपाल सरकार पनि तयार हुन आवस्यकता देखिछ , भोलि कुनै देशले आफ्ना नागरिक फिर्ता लैजाउ नभन्ला भन्न । तर, आफ्ना नागरिक जो बाध्यताले परदेशमा परिश्रम गरिरहेका छन्, तर यो महामारीले गर्दा कम्पनी बन्द वा बेतलबी वा कम्पनीले घर जान सक्छौ भन्दा पनि आफ्नै देशको सरकार आफ्ना नागरिकलाई स्वदेश फर्किन रोकिरहेको छ । यो कस्तो विडम्बना हो । नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकलाइ उद्दार गर्न जरुरी छ ।
आज नेपाली दाजुभाइहरुले विदेशबाट पठाएको रेमिट्यान्सले विगतमा मुलुकको अर्थतन्त्र धानेको गुन सरकारले एउटा महामारीमै बिर्सन हुँदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार