दलालहरुको सत्ता कति नांगो हुन्छ भन्ने तथ्य घाम जत्तिकै छर्लङ्ग छ

  राजेन्द बस्नेत

राजनैतिक चेतनाले मानिसलाई देश, जनता र समाजप्रति उत्तरदायी बनाउला, भ्रष्टचार, कमिशनखोर, तस्करी, चेलीबेटी बेचबिखन जतिय विभेदको अन्त्यका निम्ति लाग्ला भनेर सोच्नु के अब गलत सावित हुँदै गएको हो ? कम्युनिष्ट नामका दलाल पूजीवादका प्रतिनिधि सत्तामा पुगेपछि यीनै बिक्रिति र विसंगतिको संरक्षक हुँदै गएको कुरा घटना क्रमले पुष्टि गर्दै गइरहेको छ ।

जनताको ढाड सेक्नेगरी मुल्यवृद्धी, सबै सरकारी काममा खमिशन र भ्रष्टाचारले सत्ता डुङडुङति गनाइसकेको छ । यी सबैको एक एक हिसाब राखेर बसेका जनता एउटा परिवेशमा पुगेपछि विद्रोहमा उत्रन्छन र उत्रनै पर्छ । यतिबेला सत्तामा बसेका अपराधि देश र जनता माथि गद्धारी गरिरहेका छन । सामान्य व्यवस्थापन समेत गर्न नसक्ने दलालहरुको सत्ता कति नांगो हुन्छ भन्ने तथ्य दिनको घाम जत्तिकै छर्लङ्ग छ । जनताको चेतना सधै विद्रोहात्मक हुन्छ ।

तर त्यहि सत्तामा पुगेका जनताका सन्तान कति छिटै कुहिएको सिनो झै हुन्छन । लोभका कारण देशै बर्वाद गर्नेसम्मको निचता प्रदर्शन गर्ने रहेछन । पार्टीमा निरन्तर वैचारिक काम नहुँदा दलालले काम गर्ने ठाउ पाउँछ । आज हामीले निरन्तर वैचारिक काम गर्नै पर्दछ । संसारका पूजीपतिहरुको बैचारिक काम वा योजना भनेको जनतालाई चुस्नु हुन्छ ।

कम्युनिष्टहरुको बैचारिक काम भनेको चुसाहाबाट जनतालाई जागरुक गर्दै कन्युनिष्टले नेतृत्व गरेको सत्तामा दलाल पूजीपतिहरुलाई निषेध गर्ने काम हुनुपर्छ । तर यहाँ त कम्युनिष्टकै नाममा निरन्तर दलाली हुँदै आएको छ । मुलतः एमालेको नामको कम्युनिष्ट पार्टी दलालको रुपमा १ नम्बरमा परिणत भएको छ । त्यसको नेतृत्व केपी मण्डलीले गरिरहेको छ ।

त्यहि केपि मण्डलीको असली नया दलाल वादल र टोप बहादुरहरु प्रकट भएका छन । यी वादल टोप बहादुरहरु हुर्केको हाम्रो पार्टीले गम्भीर आत्मा समीक्षा गर्नै पर्दछ । समय अनुसार गोडमेल नगर्ने हो भने मुख्य वालीलाई झारपात र रोगले नष्ट गर्दछ । गोडमेलको लागि ज्ञान र औजार दुवै चीजको आवश्यक्ता हुन्छ । सुगन्धित फूलमा मात्र मौरी रमाउँछ ।

दुर्गन्धमा झिगा घुम्छ र औसा पार्छ । मौरी सिर्जनाको प्रतीक हो भने झिगा विनाशको, मौरी घुम्ने वातावरण बनाउन सकेन भने समाज पुर्णतः दुर्गन्धमा बदलिन्छ । समाजमा सुसंस्कृतिको फूल फलाउन, नयाँ ढंगले अघि बढ्नसक्ने पार्टी निर्माणमा ढिला गर्नु हुदैन ।

यहाँ राष्ट्र निर्माण गर्ने हो भने राजनीतिलाई पेशा होइन समाज सेवाको रुपमा लिन सक्नुपर्छ । एकले अर्को लाई सक्ने होइन सकरात्मक पक्षलाई आत्मासाथ गर्दै अगाडि बढ्न सिक्न आवश्यक छ । कसैले कसैलाई सिध्याउँछु भन्ने हो भने आफु पनि एक दिन समाप्तिको बाटोमा पुगिन्छ भन्ने पनि भुल्नु हुँदैन ।

भ्रष्टाचार अन्त्य गर्छु भन्दै खरो भाषण गर्ने तर व्यवहारमा संरक्षण गर्दै अगाडि बढ्ने केपी ओलीको जस्तै एकात्मक शैलि अनि निच कार्यमा पछिनपर्ने हो भने देश र नागरिकको भविष्यपनि अन्धकार बन्नेमा कुनै दुईमत छैन । यस तर्फ तपाई हामी जिम्मेवार बनी गम्भिरताका साथ अगाडी बढ्नसक्नुपर्छ ।

लेखक राजेन्द्र बस्नेत नेकपा माअेावादी केन्द्रका केन्द्रिय सदस्य हुनुहुन्छ  ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार