मंसिर १० गते सल्लेरी घटनाको २३ वर्ष पुरा, स्मृति दिवस मनाउन सुरु

सोलुखुम्बु : आज मंसिर १० गते सल्लेरी घटनाको २३ बर्ष पुरा भएको भएको छ । तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले राज्य विरुद्धको संङ्घर्षका क्रममा २०५८ साल मंसिर १० गते आज कै दिन सल्लेरीमा रहेको विभिन्न सरकारी कार्यालयमा आक्रमण भएको थियो । राजसंस्थाको अन्त्य, गणतन्त्र नेपालको माग सहित २०५२ देखि तत्कालीन माओवादीले सशस्त्र युद्धको घोषणा गरेको थियो । १० बर्षसम्म चलेको उक्त युद्धको क्रममा सयौ स्थानमा झडप तथा आक्रमण भएको थियो भने हजारौले बलिदान दिएका छन । यस्तै मंसिर १० सदरमुकाम सल्लेरी कब्जा गर्ने तत्कालिन माओवादीको योजना अनुसार मध्य रातमा सल्लेरीमा बम गोला बर्सिएको स्थानीय पदम बहादुर नेपालीले बताउनुभयो । उक्त आक्रमणबाट दर्जनौ सरकारी कार्यालयहरु ध्वस्त हुनुका साथै सयौले ज्यान गुमाएका थिए । २३ वर्ष पुरा भएको अवसरमा नेकपा माओवादी केन्द्र सोलुखुम्बु २३ औ स्मृति दिवस मनाएको छ । आक्रमणको क्रममा जनमुक्ति सेनातर्फ १४ जना जनमुक्ति सेनाहरुको मृत्यु भएको थियो भने े कैयौंको संख्यामा घाइते हुनुभएको थियो ।

सो आक्रमणमा तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित ४४ जना प्रहरी र अज्ञात संख्यामा तत्कालीन नेपाली सेनाको ज्यान गएको थियो । माओवादीले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, राष्ट्रिय वाण्ज्यि बैंक, कारागार, फाप्लु विमानस्थलको सुरक्षामा खटिएको प्रहरी पोष्टलगायत आर्मीको ब्यारेकबाहेक सम्पूर्ण सरकारी कार्यालयहरु पूर्ण रुपमा कब्जा गरेको थियो ।
सोहि आन्दोलनमा घाइते हुनुभएका दिल बहादुर नेपाली ‘घनश्याम’, बिनोद राउत, रेणुका बस्नेत र श्याम क्षेत्रीलाई खादा ओढाइ सम्मान गरेको छ । साथै हरेक वर्ष ‘सोलु–सल्लेरी मोर्चा स्मृति दिवस’ मनाउने निर्णय गरेको नेकपा माओवादी केन्द्र सोलुखुम्बुका संयोजक नाम्गेल शेर्पाले बताउनुभयो । आगामी दिनमा आयोजना गरिने ‘सोलु–सल्लेरी मोर्चा स्मृति दिवस’को अवसरमा सहिदहरुको परिवार, घाइते र जनमुक्ति सेना सम्मान गर्र्ने शेर्पाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार