सोलुखुम्बुमा एक महिनामा ९० वटा ट्राफिक सचेतना कार्यक्रम, ११ सय बढि सहभागी

सोलुखुम्बु : जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले एक महिनामा ९० वटा ट्राफिक सचेतना कार्यक्रम गरेको छ । सवारी दुर्घटना न्युनिकरणका लागि जिल्लामा ९० वटा ट्राफिक सचेतना कार्यक्रम गरिएको कार्यालय प्रहरी साहायक हवल्दार चन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो ।

व्यवसायी सवारीचालकहरुका लागि १२ पटक, सर्वसाधरणका लागि ५ पटक, चालक तथा यात्रुका लागि २६ पटक, ओभरटेकका बारेमा ५ पटक कार्यक्रम गरिएको छ । यस्तै मापसे गरेर सवारी चलाउदा हुने जोखिमका बारेमा १२ पटक, सुरक्षित हेल्मेटको प्रयोगबारे ८ पटक, तिब्र गतिका कारण हुने दुर्घटनाका बारेमा ११ पटक र अन्य ५ वटा कार्यक्रम गरिएको हो । जसबाट ११ सय ७३ जनाले ट्राफिक सचेतना सम्बन्धी जानकारी लिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार