थामेमा गएको पहिरोको अध्ययनका लागी विज्ञ टोली खुम्बुमा

गएको श्रावण महिनामा खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ को थामेमा गएको पहिरोको बारेमा अध्ययन गर्न विज्ञ सहितको टोली खुम्बु आइपुगेको छ । अध्ययनका लागी राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग र काठमण्डौ युनिभर्सिटी कलेजका विज्ञ टोली खुम्बु आई पुगेको हो ।

विज्ञ टोली आज लुक्ला आइपुगेको र भोलि थामे प्रस्थान गर्ने बताईएको छ । विज्ञ टोलीले थामेमा पहिरो जानुको कारण, पहिरो गएको ठाउ र पहिरोका कारण थामे बासिन्दामा परेको प्रभावको बारेमा अध्ययन गरि राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा प्रतिवेदन बुझाउने राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका भुगर्भविद बालदिप शर्माले बताउनु भएको ।

विज्ञ टोलीको अध्ययन पश्चात आवश्यकताको आधारमा विपद व्यवस्थापनका लागी विभिन्न ठाउमा पूर्व सूचनाका लागी यन्त्रको जडान गरिने राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यसै गरि थामेमा रहेका अन्य हिम तालहरूको अवस्थाको बारेमा समेत अध्ययन गरिने भुगर्भविद शर्माको भनाई रहेको छ । विज्ञ टोलीको प्रतिवेदन अध्ययन पश्चात थामेमा पुन निर्माणको काम थालनी हुने खुम्बु पासाङल्हामु गाँउपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार