सोलुखुम्बु : सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले सरकारी सेवा प्रवेशका लागि परिक्षा फारम निशुल्क भरिदिने व्यवस्था गरेको छ । पालिकाले एक सुचना जारी गर्दै विभिन्न आयोगतथा अनुमति पत्रको परिक्षामा सामेल हुनेका लागि पालिकाले निशुल्क फारम भरिदिने व्यवस्था गरेको उल्लेख गरेको छ ।
गाउँमा इन्टरनेटको पहुँच नहुदा तथा अनलाइनबाट फारम भर्ने ज्ञान नहुदा सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्यका लागि पालिकाले यस्तो निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खरिधन राईले जानकारी दिनुभयो । यस्ता समस्याको अन्त्यका लागि रोजगार शाखा मार्फत निशुल्क फारम भरिदिने व्यवस्था मिलाएको उहाँको भनाई छ । लोक सेवा आयोग, शिक्षक सेवा आयोग, लगायतका परिक्षामा प्रतिस्पर्धा गर्ने व्यक्ती स्वय कागजात लिएर गाउँपालिकामा पुग्नुपर्ने उल्लेख गरिएको छ । हालसम्म १५ जनाले फारम भरेको जनाएको छ । विभिन्न सरकारी सेवामा पालिकाबाट कम्तीमा २० जनाका दरले प्रवेश गरिरहेको जनाएको छ ।