सोलुखुम्बु : सल्लेरीबाट खुम्बु छुट्ने सवारीसाधनलाई समय निर्धारण गरिएको छ । सोलु दुधकुण्ड नगरपालिकाले सल्लेरीबाट खुम्बु पासाङ ल्हामु गाउँपालिकामा जाने सवारीसाधनहरुका लागि समय निर्धारण गरेको हो । नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै हाल मौसम खराबका कारण सडक मार्ग हुदै सगरमाथा क्षेत्रको भ्रमणमा विदेशी पर्यटकहरु जाने भएकाले उनीहरुको सहजताका लागि समय निर्धारण गरिएको जनाएको छ ।
सल्लेरी फाप्लुबाट छिर्दी जाने सवारी साधनहरु १ बजेबाट भन्दा अगाडी गइसक्नुपर्ने प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । यस्तै १ बजेपछि छुटेका सवारीसाधनहरु रिङमु टाक्सिन्दुमा बास बसेर भोलि पल्ट बिहान मात्रै जाने, प्रस्थान गर्नु अगाडि त्यस क्षेत्रको होटल तथा लजहरुमा खाना र बस्ने व्यवस्था भए नभएको जानकारी लिनुपर्ने नगरपालिकाले जनाएको छ ।