सोलुखुम्बुबाट हवाई मार्फत काठमाण्डौ जाने यात्रुको चाप उच्च, टिकट पाउन मुस्किल

सोलुखुम्बु : सोलुखुम्बुबाट हवाई मार्फत काठमाण्डौ जाने यात्रुको चाप बढेको छ । काठमाडौँ हप्तामा बुधबार र शनिबारमात्र उडान हुँदै आएको छ ।
नेपाल वायुसेवा निगम सोलुखुम्बुका प्रमुख तेन्जी शेर्पाका अनुसार केन्द्रबाट पठाउने गरिएको तालिकाअनुसार उडान भर्ने गरेको बताउनुभयो । फाप्लु विमानस्थलमा सरकारी ध्वजावाहक वायुसेवा निगमको जहाजले मात्र उडान गर्दै आइरहेको छ । विमान अभाव देखाउँदै निगमले उडान तालिका कम पठाउँदा यो समस्या देखिएको हो।

उडान कम हुँदा सोलुखुम्बुबाट काठमाडौँ जाने यात्री मारमा पर्दै आइरहेका छन्। अहिले अन्य कुनै पनि जहाजले नियमित उडान भर्ने तालिका नभएकाले टिकट पाउन समस्या भएको छ । बाढी पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध भएको तथा पर्यटकीय सिजन समेत भएकाले टिकटका लागि एक हप्ता अगाडि नै सम्र्पक गनुपर्ने प्रमुख शेर्पाले बताउनुभयो ।

यता नेपाल नागरिक उड्ययन प्राधिकरणका कर्मचारी राजेश श्रेष्ठले अहिले च्याटर उडान मार्फत हेलीकप्टरहरुले उडान भरिरहेको बताउनुभयो । अहिले काठमाण्डौबाट सोलुखुम्बु आउने भाडादर ५ हजार ८ सय ७० रहेको समेत उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार